कारकाे डिकी र क्यामेरामा समस्या देखिन सक्ने भन्दै अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले बिक्री गरिसकेकाे पाँच लाख कार फिर्ता लिने निर्णय गरेकाे छ ।
सन् २०१७ देखि २०२० सम्ममा बिक्री गरिएका दुई माेडल: मोडल थ्री र मोडल एसका डिकीमा प्राविधिक समस्या देखिन सक्ने भन्दै टेस्लाले खरिदकर्तालाई कार फिर्ता गर्न आव्हान गरेकाे हाे ।
माेडल थ्रीका कारमा पछाडि रहेकाे क्यामेराकाे तारमा पटक-पटक डिकी खाेल्दा र बन्द गर्दा समस्या देखिन सक्ने कम्पनीले जनाएकाे छ । यस्तै, माेडल एसका केही कारमा भने डिकी नलाग्ने सम्भावना देखिएकाे कम्पनीले जारी गरेकाे विज्ञप्तिमा लेखिएकाे छ ।
टेस्लाका अनुसार दुवै माेडलका कारका डिकीमा समस्या देखिएकाे हाे ।
कम्पनीले एक लाख १९ हजार एक सय नौं वटा मोडल एस र तीन लाख ५६ हजार तीन सय नौं वटा मोडल थ्रीका कार फिर्ता लिने घोषणा गरिसकेकाे छ ।
४ लाख ७५ हजार तीन सय १८ वटा कारमा समस्या देखिन सक्ने टेस्लाले अमेरिकाको नेशनल हाइवे ट्राफिक सिस्टम प्रशासनलाई बुझाएको कागजातमा उल्लेख छ ।