भारतमा एकै दिनमा ३८ लाखभन्दा बढि कोशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सङ्क्रमणको बढ्दो लहरबाट किशोर जनसङ्ख्यालाई जोगाउनका लागि सोमबार मात्रै १५ देखि १८ वर्ष बिचका ३८ लाख बढिलाई खोप लगाएको हो ।
स्वास्थ्य मन्त्रालयको कोविन पोर्टलको डाटा अनुसार सोमबार १५ देखि १७ वर्षकाहरूलाई खोपको तीन दशमलव ८५ मिलियन डोज दिइएको छ ।
खोप केन्द्रमा खोप लगाउनेहरूको अत्यधिक भीड रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएक छन् ।
किशोरकिशोरीलाई भारत बायोटेकको कोभ्याक्सिन खोप लगाइएको हो । कोभ्याक्सिन, भारतले १८ वर्षभन्दा कम उमेरका लागि अहिलेसम्म स्वीकृत गरेको एक मात्र कोभिड १९ खोप हो ।
युनिसेफको अनुमान अनुसार भारतमा १५ देखि १९ वर्ष उमेर समूहका मात्रै १२ करोडभन्दा बढी छन् । २०११ को जनगणनाको आधारमा विश्वमा किशोरहरूको सबैभन्दा ठूलो जनसङ्ख्या भारतमा रहेको छ ।