चैतेधान प्रवर्द्धनमा नगरप्रमुख बेद गच्छादारको पहल, ८ लाख बराबरका कृषि सामग्री वितरण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ ब‌ैशाख, २०८३
२ महिनाअघि

दुहबी। धान उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यसहित दुहबी नगरपालिकाले २० बिघा क्षेत्रफलमा चैतेधान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमअन्तर्गत सोमबार नगरप्रमुख बेद गच्छादारले ८ लाख रुपैयाँ बराबरका कृषि सामग्री, मल र विषादी वितरण गरेका छन्।कार्यक्रममा कृषि शाखा प्रमुख अजय गौतम, कृषि फार्मका अध्यक्ष हिरालाल माझी लगायत कृषक समूहको उपस्थिति रहेको थियो।

दुहबी नगरपालिकाका वडा न‌‍‌म्बर १ र ७ का ३५ जना कृषकलाई कृष्ण कृषि फार्म प्रास्टोकीमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा सामग्री हस्तान्तरण गरिएको हो। वितरण गरिएका सामग्रीमा मिनी टिलर ६ थान, मोटरसेट ४ थान, त्रिपाल २५ थान, स्प्रे २५ थान, समरसेट २५ थान, कोदालो २५ थान, धानको बीउ ६ सय केजी, जिन ६ सय केजी, भर्मिकम्पोस्ट ३ सय बोरा तथा विषादी लगायतका सामग्री रहेका छन्।

कृषि सामग्री हस्तान्तरणपछि बोल्दै नगरप्रमुख गच्छादारले नेपालमा आवश्यक करिब ६० हजार टन धानमध्ये ५७ हजार टन मात्रै उत्पादन हुने अवस्थालाई मध्यनजर गर्दै चैतेधान प्रवर्द्धन कार्यक्रम ल्याइएको बताए। उनले कृषकलाई समेट्दै चैतेधान खेतीप्रति आकर्षण बढाउने प्रयास भइरहेको उल्लेख गरे।

कृषिमा आधारित जनसंख्या धेरै रहेको दुहबी नगरपालिकालाई कृषि क्षेत्रकै माध्यमबाट रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनाउने लक्ष्यसहित यस्ता कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा पनि कृषकको आवश्यकता अनुसार सहयोग गरिने उनले प्रतिबद्धता जनाए।

नगरपालिकाले कृषि विकास शाखामार्फत सिँचाइ उपकरण तथा बीउबिजन अनुदानमा उपलब्ध गराउँदै आएको छ। हिउँदमा बाँझो रहने जमिनमा सिँचाइ व्यवस्था गरी धान खेती विस्तार गर्न किसानलाई प्रोत्साहन गरिएको हो।

कृषि शाखा प्रमुख गौतमका अनुसार बाली विकास तथा जैविक विविधता केन्द्रको कार्यक्रमअन्तर्गत चैतेधान खेतीको क्षेत्र विस्तार गरी उत्पादन बढाउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो।

प्रकाशित समय: सोमबार ७ ब‌ैशाख, २०८३, १८:४७:१९
विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते
आईतबार ७ असार, २०८३
सिके राउतले गरे प्रधानमन्त्री शाहको तारिफ : स्मार्ट, ड्यासिङ र इन्टेलिजेन्ट युवा
आईतबार ७ असार, २०८३
मेलोनीबारे ट्रम्पको अभिव्यक्तिले चर्कियो विवाद
आईतबार ७ असार, २०८३
यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका
आईतबार ७ असार, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा जाने, अन्य पार्टीबाट को-को सहभागी हुँदैछन्?
आईतबार ७ असार, २०८३
विराटनगरमा चिठ्ठामा आकर्षक उपहारको प्रलोभन देखाएर ठगी
आईतबार ७ असार, २०८३
रंगेलीमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ
आईतबार ७ असार, २०८३
रास्वपा महाधिवेशनमा डीडीसीका दुग्धजन्य उत्पादन बिक्रीमा, १० प्रतिशतसम्म छुट
आईतबार ७ असार, २०८३
बाजुराको बुढीगंगामा बस दुर्घटना हुँदा २४ जना घाइते
आईतबार ७ असार, २०८३
विश्वकपमा आज पाँच खेल : जापान, स्पेन, बेल्जियम, उरुग्वे र इजिप्ट प्रतिस्पर्धामा
आईतबार ७ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०