प्रधानमन्त्री ओली भदौ अन्तिममा भारत जाने, समकक्षी मोदी कात्तिकमा आउने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ५ साउन, २०८२
१ वर्षअघि

नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर आफ्नो चहानाविपरीत गठबन्धन बनाएको भन्दै असन्तुष्ट रहेको भारतले बल्ल ओलीलाई स्वागत गर्ने तयारी गरेको हो ।

ओलीको भारतविरोधी छविका कारण भ्रमणका लागि लामो समय कुर्नुपरेको हो । साधारणतया नेपालका प्रधानमन्त्री नियुक्त भइसकेपछि पहिलो भ्रणम छिमेकी भारतबाटै गर्ने चलन थियो ।

तर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर चुच्चे नक्सा जारी गरेयता भारतीय पक्ष ओलीसँग रुस्ट छ । अर्कातिर कांग्रेससँग मिलेर एमालेले आफ्नो चहानाविपरीतको सरकार बनाएका कारण रुस्ट रहेको भारतले छिमेकी प्रधानमन्त्रीलाई बोलाउन १४ महिना लगाएको हो ।

प्रधानमन्त्रीको कार्यालय स्रोतका अनुसार भारतीय समकक्षी मोदीको निमन्त्रणमा ओली नेपालबाट आगामी भदौ भदौ गते (१६ सेप्टेम्बर) मा नयाँदिल्ली गएर असोज १ गते (१७ सेप्टेम्बर) मा फिर्ता हुनेछन् ।

सम्भवत: यो नेपाली प्रधानमन्त्रीले गर्ने हालसम्मकै छोटो भारत भ्रमण हुनेछ । भ्रमणका लागि परराष्ट्रमन्त्रालयले तयारी थालिसकेको छ। मन्त्रालयले सम्भावित एजेन्डाहरू तय गर्नका लागि आन्तरिक गृहकार्य थालेको छ ।

परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा प्रधानमन्त्री ओलीको भ्रमण तालिका आइनसकेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सञ्चारकर्मीहरूसँग मितिबारे पुष्टि भइनसकेको बताए । तर उनले तयारी भइरहेको भने जानकारी दिए । परराष्ट्रले केही दिनभित्रै भ्रमणको औपचारिक मिति घोषणा हुने जनाएको छ।

यसअघि नेपाल र भारतका गृहसचिवस्तरीय बैठक मंगलबार दिल्लीमा हुँदै छ । यो बैठक पनि ९ वर्षपछि हुन लागेको हो । यो बैठकका लागि गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली जाँदैछ ।

गृहसचिव नेतृत्वको संयन्त्रले सीमा वारपार अपराध, मानव तस्करी, लागूऔषध कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेशलगायत नियन्त्रण गर्न काम गर्छ । हरेक वर्ष हुने भनिएको सचिवस्तरीय बैठक २०१६ मा दिल्लीमा भएपछि बसेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले सीमा सुरक्षा, सूचना आदानप्रदान, प्राकृतिक प्रकोपका साझा समस्यालगायतबारे यो बैठकमा कुरा हुने बताएका छन् ।

नेपाली टोलीमा गृह, परराष्ट्र र कानुन मन्त्रालयका सहसचिव हुनेछन् । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अतिरिक्त महानिरीक्षकहरू सहभागी हुनेछन् । टोलीमा नापी विभाग र अध्यागमन विभागका महानिर्देशक जानेछन् ।

उता भारतीय प्रधानमन्त्री मोदी पनि आगामी कात्तिक अर्थात् अक्टोबर या नोभेम्बरमा नेपाल भ्रमणमा आउने भएका छन् । तर उनी आउने मिति भने तय भइसकेको छैन । मोदी सम्भव: कात्तिक तेस्रो साता अर्थात् नोभेम्बरको सुरूमा नेपाल भ्रमणमा आउने बताइएको छ ।

ओलीको भारत भ्रमण गराउन यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पटक पटक कोसिस गरेकी थिइन् । उनको पटक पटकको प्रयास असफल भयो । पहिलो भ्रमणमा मोदीले समेत दिल्लीमा स्वागत गरिएकी उनले तीन पटकभन्दा कोसिस गर्दा पनि नसकेपछि ओली २०८१ मंसिर १७ गते चीन भ्रमणमा निस्किएका थिए ।

ओलीले दक्षिणलाई समेत झस्काउने गरी मंसिर १९ गते चीनसँग बहुचर्चित बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क सम्झौतामासमेत हस्क्षार गरे । त्यसले पनि झन् चिढिएको भारत अन्तत: ओलीसँग सम्बन्ध सुधार्न तयार भएको हो ।

तर ओलीको यो भ्रमणका क्रममा ठूला कुनै सम्झौतामा हस्ताक्षर हुने सम्भावना भने कमजोर छ । केही द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुन सक्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

प्रकाशित समय: आईतबार ५ साउन, २०८२, १५:३३:३८
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०