गृहमन्त्री लेखकले राजीनामा नदिने, भिजिट भिसा प्रकरणबारे संसद्‍मा सम्बोधन गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ जेठ, २०८२
१ वर्षअघि

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने भएका छन् ।

बुधबार बिहान बालुवाटारमा बसेको सत्तारूढ दुई दलका शीर्ष नेतासहितको बैठकमा गृहमन्त्रीको राजीनामा प्रकरणबारे कुनै कुरा नभएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले  बताए ।

Advertisement

‘बालुवाटारको बैठकमा बुधबारको संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गर्नेबारे कुरा भयो । बिहीबार बजेट ल्याउनुपर्ने भएकाले प्रतिपक्षीसँग थप छलफल गर्ने पनि कुरा भएको छ’, बर्तौलाले भने, ‘गृहमन्त्रीका हकमा उहाँबारे उठेका प्रश्नको संसद्मा सरकारकोतर्फबाट जवाफ दिनु हुनेछ ।’

बालुवाटारमा बुधबार बिहान भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरे सहभागी थिए । बैठकमा एमालेका प्रमुख सचेतक बर्तौला पनि सहभागी थिए ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट नेपाली युवा-युवतीहरूलाई युरोप र खाडीसहितका देशमा भिजिट भिसामा जान दिँदा दैनिक ५० लाखभन्दा बढी अवैध रकम उठाएको प्रकरणमा गृहमन्त्री लेखक मुछिएका थिए ।

उनले अध्यागमन कार्यालयमा खटाएका सहसचिव तीर्थराज भट्टराईलाई गत बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो ।

त्यससँगै अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर कागजपत्रसमेत नियन्त्रणमा लिएको थियो । अध्यागमनबाट उठाइएको रकम गृहमन्त्रीको सचिवालयसम्म आएको, सहसचिव भट्टराईसँगै गृहमन्त्रीको शंकास्पद सम्बन्ध रहेको कुरा प्रतिपक्षी दलहरूले संसद्‍मा पनि उठाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितले यो कुरा उठाएपछि विवाद भएको थियो ।

प्रतिपक्षी दलहरूले घेरेपछि मंगलबारको प्रतिनिधिसभाको बैठक पनि अवरोध भएर बुधबारसम्मलाई स्थगित गरिएको थियो ।

प्रतिपक्षीहरूले घेरे पनि सत्तारुढ दलले पेलेर जाने नीति बनाएका छन् । उनीहरूले अवरोध भए पनि आर्थिक सर्वेक्षण र बजेट ल्याउने तयारी गरेका हुन् । उता गृहमन्त्री लेखकले पनि कर्मचारीले बदमासी गर्दैमा आफूले राजीनामा दिनुनपर्ने कुरा बताइरहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’

आईतबार २ कार्तिक, २०८३
४ minutes

बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान

आईतबार २ कार्तिक, २०८३
१८ minutes

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
४३ minutes

मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता

आईतबार २ कार्तिक, २०८३
५७ minutes

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
१६ घण्टाअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१७ घण्टाअघि
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०