बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत छन्, समितिको नेतृत्व मात्रै हेरफेर

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३ जेठ, २०८२
१ वर्षअघि

काठमाडौं महानगरपालिकाले प्रवक्तामा नवीन मानन्धर यथावत रहेको जनाएको छ ।

महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरू फेरे पनि प्रवक्ता यथावत रहेका उनको सचिवालयले जनाएको छ ।

जसमा सूचना प्रविधि समिति संयोजक नवीन मान्नधरलाई हटाएर बालेनले वीरेन्द्र प्रजापतीलाई जिम्मेवारी दिएका थिए । महानगरमा सामान्यत: सूचना प्रविधि समिति संयोजक नै प्रवक्ता हुने परम्परा छ ।

उक्त समितिको संयोजक फेरिँदा प्रवक्ता फेरिएको चर्चा चलेको थियो । तर, महानगरले प्रवक्तामा मानन्धर यथावत रहेको जनाएको छ ।

महानगरका सहायक प्रवक्ता ध्रव काफ्लेले मानन्धरलाई सूचना प्रविधि समिति संयोजकको जिम्मेवारीबाट हटाइएको तर, प्रवक्ता यथावत रहेको बताए । ‘
उहाँ (मानन्धर) महानगरको प्रवक्तामा यथावत हो’, काफ्लेले भने, ‘सूचना प्रविधि समितिमा वीरेन्द्र प्रजापती आउनु भएको छ ।’

बालेनले सुशासन समितिमा ख्यामराज तिवारीलाई हटाएर दलबहादुर कार्कीलाई जिम्मेवारी दिएका छन् । सम्पदा तथा पर्यटन समितिबाट आशामान संगतलाई हटाएर विनोद कुमार राजभण्डारीलाई ल्याएका छन् ।

त्यस्तै, विधायन समिति संयोजकबाट मचाराजा महर्जनलाई हटाएर रोजिना श्रेष्ठलाई दिएका छन् ।

‘काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको छ’, महानगरले पत्रमा भनेको छ ।

बोलेनका प्रेस संयोजक सुरेनद्र बजगाईंका अनुसार ३ वर्ष पुगेकाले जिम्मेवारी फेरिएको हो । ‘तीन वर्षसम्म उहाँहरूको काम हेरियो’, बजगाईंले भने, ‘नयाँलाई पनि मौका दिन जिम्मेवारी फेरिएको हो ।’

प्रकाशित समय: शुक्रबार ३ जेठ, २०८२, १३:४३:५०
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०