ग्रामथान उपनिर्वाचन : माओवादी र कांग्रेसको उम्मेदवार टुंगो लाग्यो, निर्णयनजिक एमाले

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ कार्तिक, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

२०७९ वैशाख ३० गते भएको चुनावमा निर्वाचित नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारूको निधन भएपछि उक्त पद रिक्त छ ।

गत वर्षको माघ १० गते राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस् भएका थारूको उपचारका क्रममा गत असार ३ गते निधन भएको थियो ।

गच्छदारको निधन भएयता उपाध्यक्ष गुणावतीदेवी थारूले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आएकी छन् ।

उक्त रिक्त पदका लागि हुने उपनिर्वाचनमा ठुला भनिएका दलहरूले आफ्ना उम्मेदवार टुंगो लगाउने क्रम जारी छ ।

यसबीचमा, कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्षका लागि कांग्रेसबाटै १३ जना आकांक्षी रहेकामध्ये सरदारलाई छानिएको हो ।

यसअघि नै माओवादी केन्द्रले भने यसअघि नै पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

माझी कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन् । उनी यसअघि २०७४ सालमा तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर उनी ग्रामथान गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका थिए ।

गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तर, तेस्रो भए ।

कांग्रेस छाडेर माओवादी रोजेपछि अहिले गाउँपालिका अध्यक्षकै उम्मेदवार बन्ने मौका पाएका हुन् ।

माझीलाई पूर्वमन्त्री अमनलाल मोदी र विजय विश्वासलगायतको साथ रहेको छ ।

यता, एमाले भने उम्मेदवार छिनोफानो गर्ने निर्णय नजिक पुगेको छ । आकांक्षीहरू धेरै भएका कारण ढिलोगरी एमालेले टिकटको टुंगो लगाउन लागेको हो ।

केही दिनपछि नै एमालेका महासचिव शंकर पोखरेल ग्रामथान आएर उम्मेदवार तय गर्ने बताइएको छ । २६ गते भने आधिकारिक रूपमा एमालेले अध्यक्ष पदका उम्मेदवार घोषणा गर्ने बताइएको छ ।

प्रकाशित समय: शुक्रबार २३ कार्तिक, २०८१, १०:४०:५०
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
झ्यालमा समस्या देखिएपछि बुद्ध एयरको उडान रद्द
शुक्रबार ११ ब‌ैशाख, २०८३
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
शुक्रबार ११ ब‌ैशाख, २०८३
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०