ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई खेलकुद विकास बोर्ड कोशी प्रदेशले पुनर्मिलन गराउने भएको छ ।

वैशाख १९ गतेबाट सुरु हुने चारदिने ओलम्पियन्स रियुनियन(पुर्नमिलन) तथा सेलिब्रेटी खेलाडी भेटको तयारी पूरा भएको बोर्डका सदस्यसचिव हंसराज वाग्लेले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री केदार कार्कीद्वारा हुने बताउँदै सदस्यसचिव वाग्लेले ओलम्पिकदेखि एसियन, साग तथा विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका ८५ जनाभन्दा बढी खेलाडीको सहभागिता रहने उल्लेख गरे ।

उनले भने, ‘बोर्डले खेलकुद पर्यटनलाई उजागर गर्ने गरी पहिलोपटक एकैपटक धेरैमात्रामा खेलाडीलाई प्रदेशमा ल्याउन लागेको हो । उनीहरूलाई भित्राउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर हुनेछ । चारदिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवद्र्धनमा जोड मिल्ने गरि अघि बढाउनेछौ ।’

उनले पुनर्मिलन कार्यक्रममा ६० जना अन्र्तराष्ट्रियस्तरका खेलाडी र प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका २५ जना चर्चित खेलाडीलाई सहभागिता गराउने जानकारी दिए ।

वैशाख १९ गते मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सुरु हुने कार्यक्रमबारे जानकारी दिँदै सदस्यसचिव वाग्लेले भने, ‘ओलम्पियन्सको भ्रमण १९ गते मोरङ, २० गते सुनसरीको इटहरी, झापा र इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा पुगेर सम्पन्न हुनेछ ।’

उनले भने, ‘यसपटक बोर्डले एकैपटक ओलम्पियन्स खेलाडी, प्रदेशका खेलाडी र विभिन्न राष्ट्रका ओलम्पियन्स पदाधिकारीलाई भित्राउने जमर्को गरेको हो । हाम्रा खेलाडीसँगै यहाँको पर्यटन र खेललाई प्रवर्द्धन गर्नका लागि अन्य राष्ट्रका ओलम्पिक कमिटिका पदाधिकारीको समेत सहभागिता रहनेछ । खेल पर्यटनबाट प्रदेशलाई समेत विश्वस्तरमा विस्तार गर्न मद्दत गर्ने बुझाइ बोर्डको रहेको छ ।’

सदस्यसचिव वाग्लेले खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत यस पुर्नमिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बताए ।

कार्यक्रमबारे नेपाल ओलम्पिक एसोसिएसनका अध्यक्ष दीपक विष्टले राष्ट्रिय गहनालाई बोर्डले पुनर्मिलन गराउन लागेकोमा हर्षित भएको बताए । अध्यक्ष विष्टले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका खेलाडीलाई फेरि एकैस्थान उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको उल्लेख गरे ।

नेपालले सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्म ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायतलाई खेलप्रेमीमाझ उतार्ने बोर्डले जनाएको छ ।

प्रदेश खेलकुद बोर्डको आयोजना र नेपाल ओलम्पियनन्स एसोसिएसनको संयोजनमा हुने कार्यक्रममा करिब ३५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित समय: आईतबार १६ ब‌ैशाख, २०८१, १८:२८:११
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०