ओमिक्रोनबाट सङ्क्रमित भए लक्षण देखिन कति दिन लाग्छ ?

ओमिक्रोनका लक्षण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ माघ, २०७८
५ वर्षअघि

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि अन्य भेरिएन्टको तुलनामा कम हुने देखिएको छ ।

सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुने स्पेनको इन्टरनेसनल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ डा. भिसेन्ट सोरियानो बताउँछन् ।

ओमिक्रोनबाट सङ्क्रमण भएमा दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्न सक्छन् । गत डिसेम्बरमा गरिएको अमेरिकी अध्ययनमा ओमिक्रोनको औसत सङ्क्रमण अवधि तीन दिन देखिएको थियो ।

ओमिक्रोन अघिका भेरिएन्टहरूबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न पाँचदेखि छ दिनसम्म लाग्ने गरेको थियो । डा. सोरियानिका अनुसार ओमिक्रोन केहि मानिसमा तीनदेखि चार दिन मात्रै वा सात दिनसम्म शरीरमा रहने देखिएको छ ।

लक्षण देखिएको सात दिनपछि लक्षण नभएका सङ्क्रमितले अरूलाई सङ्क्रमण फैलाउन नसक्ने उनको भनाइ छ । भाइरस पाँच दिनसम्म मात्रै सङ्क्रामक हुने हुँदा परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म अरूलाई सर्न सक्ने उनले बताए ।

‘लक्षण नदेखिएका मानिस पनि लक्षण देखिए जस्तै सङ्क्रामक हुने र उनिहरूमा सङ्क्रमण रहिरहने अवधि पनि उस्तै हुन्छ’, उनले भने ।

प्रकाशित समय: शुक्रबार ७ माघ, २०७८, २१:३१:२३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०