संसद् अधिवेशन आजदेखि सुरु, पहिलो बैठकमा शीर्ष नेताको सम्बोधन र तीन अध्यादेश पेस हुने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ चैत, २०८२
५ महिनाअघि

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानअनुसार संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। बैठकको सुरुआत ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्दै गर्नेछन् भने मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी पनि दिनेछन्।

संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भने सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको छ। रास्वपा सभापति रवि लामिछाने, एमाले नेता रामबहादुर थापा बादल, नेकपा नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने तय भएको छ। नेपाली कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेता भने अझै टुंगिएको छैन।

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा महत्त्वपूर्ण अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ रहेका छन्।

त्यसैगरी प्रतिनिधिसभाले आफ्नो नयाँ नियमावली नबनाएसम्म पुरानै नियमावली २०७९ अनुसार कामकारबाही सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। साथै सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि रहेको छ।

आजकै बैठकबाट सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिनेछ। सर्वदलीय सहमतिअनुसार चैत २२ गते सभामुखको निर्वाचन हुने तयारी गरिएको छ।

निर्वाचन आयोगले चैत ५ गते अन्तिम परिणाम सार्वजनिक गरेपछि संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र अधिवेशन आह्वान गरिएको हो। यसअघि नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गरिसकेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित अग्रस्थानमा रहेको छ।

प्रकाशित समय: बिहिबार १९ चैत, २०८२, ०८:२१:१४
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०