चलचित्र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २९ माघ, २०८२
६ महिनाअघि

काठमाडौं — नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चलचित्र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित विशेष कार्यक्रममा दुई संस्थाबीच उक्त समझदारी भएको हो। कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले चलचित्रमार्फत नेपालको पर्यटन क्षेत्रमा रहेको ठूलो सम्भावनालाई उजागर गर्न सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले भने, “आजको यो सहकार्यले विभिन्न कार्यक्रम र नीतिमार्फत नेपालको उच्च सम्भावना बोकेको पर्यटन क्षेत्रलाई थप प्रवर्द्धन गर्न मद्दत पुग्नेछ। हामी सबैको साथ र सहयोगको अपेक्षा राखेका छौँ।”

जोशीले नेपाली चलचित्रले पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिन सक्ने उल्लेख गर्दै सिनेमा पर्यटन विस्तारको प्रभावकारी माध्यम भएको बताए। “पर्यटन प्रवर्द्धन नै नेपालको सबैभन्दा शक्तिशाली साधन हो। सिनेमा वा चलचित्रबिना नेपालको पर्यटन सुदृढ हुन सक्दैन। हामीले अन्य देशमा यसको प्रभाव देखिसकेका छौँ,” उनले भने।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सरकारका तर्फबाट समेत पर्यटन प्रवर्द्धनका लागि पहल भइरहेको जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेश सरकारले एक वर्षका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ।

“वर्षमा पाँच वटा चलचित्रलाई २०/२० लाख रुपैयाँ प्रदान गरिनेछ, जसले कर्णाली क्षेत्रमा छायांकन गर्नेछन्। काठमाडौंबाट ३० दिनका लागि जुम्ला जाँदा उत्पादन लागत २०–३० लाख रुपैयाँसम्म फरक पर्न सक्छ,” उनले बताए।

समझदारीसँगै चलचित्रमार्फत पर्यटन प्रवर्द्धन, छायांकन प्रोत्साहन र नीतिगत सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित समय: बुधबार २९ माघ, २०८२, १४:२०:४६
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०