भ्रष्टाचार नियन्त्रणमा नयाँ चुनौती थपिँदै, नियन्त्रण विधिमा परिमार्जन आवश्यक: अख्तियार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २९ माघ, २०८२
८ महिनाअघि

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा देखापरेका नवीनतम प्रवृत्तिका कारण नियन्त्रण कार्य थप चुनौतीपूर्ण बन्दै गएको जनाएको छ।

आयोगको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका प्रयास तथा निदानका तरिकामा समयानुकूल परिवर्तन र परिमार्जन आवश्यक रहेको बताए। नवीन प्रवृत्तिका कारण चुनौती बढेकाले नियन्त्रण रणनीतिमा सुधार अपरिहार्य भएको उनको भनाइ थियो।

Advertisement

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रणमा आयोगको अग्रणी भूमिका निर्विवाद रहे पनि आयोग एक्लैको प्रयासले मात्र सुशासन प्रवर्द्धन सम्भव नहुने स्पष्ट पारे। दण्डात्मक विधिबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै उनले राज्यका सबै संयन्त्र, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतको सामूहिक प्रयास आवश्यक रहेको बताए।

प्रमुख आयुक्त राईले सुशासन, प्रबन्ध सुधार तथा भ्रष्टाचार नियन्त्रणका निरोधात्मक र प्रवर्द्धनात्मक कार्यमा राज्य संयन्त्रको सक्रियता अपेक्षाकृत कमजोर रहेको गुनासो गरे। भ्रष्टाचार नियन्त्रणमा राज्यका सबै निकायबीच समन्वयात्मक प्रयास सुनिश्चित हुन नसकेको उनको भनाइ छ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा देशव्यापी रूपमा निरोधात्मक र प्रवर्द्धनात्मक कार्यक्रम अभियानकै रूपमा सञ्चालन गर्न राज्यको लगानी वृद्धि गर्नुपर्ने धारणा राखे।

सार्वजनिक निकायका निर्णयमध्ये कुन नीतिगत र कुन प्रशासनिक भन्ने विषयमा स्पष्ट कानुनी परिभाषाको अभाव रहेको पनि उनले औंल्याए। नीतिगत र प्रशासनिक निर्णय छुट्याउने आधार स्पष्ट नहुँदा प्रशासनिक कामसमेत मन्त्रिपरिषद्मा लैजाने र नीतिगत निर्णयको नाममा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढेको उनले बताए।

आयोगका अनुसार विगत पाँच वर्षमा १ लाख ४८ हजार ५ सय उजुरी दर्ता भएकामा १ लाख ७ हजार ९ सय १५ अर्थात् ७२ दशमलव ८ प्रतिशत उजुरी फछ्र्यौट गरिएको छ। गत आर्थिक वर्षमा १ सय ३७ र चालू आर्थिक वर्षमा ९४ वटा मुद्दा दायर भएको तथ्यांक अख्तियारले सार्वजनिक गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०