गोलीसहित नाइके पक्राउपछि सिराहा कारागारमा अशान्ति, १५० सुरक्षाकर्मी परिचालन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ माघ, २०८२
८ महिनाअघि

सिरहा । गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सिरहा कारागारमा उत्पन्न तनाव अझै मत्थर हुन सकेको छैन। घटना भएको करिब २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि कारागारको अवस्था अशान्त नै रहेको छ।

सोमबार बिहान करिब ११ बजे गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो। त्यसपछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ।

Advertisement

नाइके यादव पक्राउ परेको विरोधमा कैदीहरूले सोमबार दिनभर र रातभर कारागारको छतमाथि बसेर नाराबाजी गरेका थिए।

स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो। त्यसक्रममा कैदीहरूले मोटर चलाएर प्रहरीतर्फ पानी फ्याँकेर प्रतिकार गरेपछि केहीबेर कारागारभित्र तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार नाइके यादवलाई कारागार फिर्ता ल्याउन माग गर्दै कैदीहरूले मंगलबार बिहानसम्म पनि होहल्ला र नाराबाजी जारी राखेका छन्।

उनका अनुसार कारागारको अवस्थाबारे छलफल गर्न मंगलबार बिहान जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ।

‘नाइके पक्षका कैदीहरूले कारागारको छतमाथि बसेर होहल्ला गरिरहेका छन्। अब सुरक्षा समितिको बैठक बसेर स्थितिबारे छलफल हुनेछ,’ डिएसपी पालले बताए।

सुरक्षालाई मध्यनजर गर्दै कारागारभित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट हतियार, गोली, नगदसहित चुरोट, सुर्ती जस्ता प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा उक्त अपरेसन गरिएको हो।

नियन्त्रणमा लिइएका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको जनाइएको छ। उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारबाट बाहिर निकालेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रशासनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने कारागार सुरक्षामा कडाइ गरिएको छ। १५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०