पूजा महतोको अविजित अर्धशतकमा नेपाललाई पहिलो जित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ११ माघ, २०८२
४ महिनाअघि

काठमाडौं – पूजा महतोले अविजित अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। जितमा पूजा महतोले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रनको महत्वपूर्ण पारी खेलिन्। कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् भने बिलभ्ड बिजाले ३४ तथा मोडेस्टर मुपाचिवाले १४ रन जोडिन्।

नेपालका बलरमध्ये रिया शर्माले २ विकेट लिइन्। कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १–१ विकेट लिए।

यो जितसँगै प्रतियोगितामा नेपालको आशा कायम रहेको छ। नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जित्नैपर्ने दबाबमा नेपाल रहनेछ।

प्रकाशित समय: शनिवार ११ माघ, २०८२, १७:००:४०
नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पन्ध्र सय १३ डलर पुग्ने
बुधबार १३ जेठ, २०८३
‘चिया निर्यात समस्यामा समाधानका लागि कूटनीतिक पहल भइरहेको छ’
बुधबार १३ जेठ, २०८३
सांसद् डाँगीको प्रश्न, सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?
बुधबार १३ जेठ, २०८३
कांग्रेसले बोलायो संसदीय दलको बैठक
बुधबार १३ जेठ, २०८३
रास्वपा छोडेका दुई नेतृलाई कांग्रेसमा जिम्मेवारी
बुधबार १३ जेठ, २०८३
बुद्ध दर्शन सहकारीद्वारा ३४ बचतकर्तालाई बचत रकम फिर्ता
बुधबार १३ जेठ, २०८३
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०