नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ साउन, २०८२
१ वर्षअघि

एजेन्सी । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने जनैपूर्णिमालगायत विभिन्न पर्वले विविधताभित्रको एकता, लैङ्गिक समानता र सामाजिक मिलनको सन्देश प्रवाह गर्दै आएको विश्वास व्यक्त गरेका छन् ।

श्रावण पूर्णिमा तिथिमा मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) तथा गुँःपुन्हिको पावन अवसरमा आज देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै जनैपूर्णिमाजस्ता पर्वहरूले समुन्नत राष्ट्र निर्माणको मार्ग प्रशस्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपालमा परापूर्वकालदेखि मनाइँदै आएका जनैपूर्णमाजस्ता पर्वहरू द्रुत गतिमा बदलिँदो आजको जीवनशैली र डिजिटल युगमा आत्मीयता, सांस्कृतिक महत्व तथा भावनात्मक पुनःस्थापनामा सकारात्मक प्रभाव पारिरहेको विश्वास लिएको छु ।’

विविध सांस्कृतिक परम्परामा धनी हाम्रो देश र समाजमा एकै तिथिमा विभिन्न नामले मनाइने रक्षाबन्धन, जनैपूर्णिमा तथा गुँःपुन्हि पर्वले आपसी प्रेम, सम्मान, एकता, सौहार्दता र सहयोगको सन्देश फैलाउँदै आएका छन् । भूगोल, जाति, समुदाय र क्षेत्रगत विविधतायुक्त यी मौलिक पर्वहरू रैथाने संस्कृति तथा परम्पराबाट समृद्ध छन्, जुन हाम्रो साझा पहिचान र राष्ट्रिय गौरवका प्रतीक पनि हुन् ।

तराई–मधेसमा मधेसीलगायतको समुदायका दिदीबहिनीले रक्षाबन्धनको अवसरमा दाजुभाइलाई राखी बाँध्दै दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीप्रति समर्पण र संरक्षणको भाव प्रकट गर्ने परम्परा रहिआएको । यसले पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउन सघाउँछ ।

त्यस्तै, यो पर्व जनै पूर्णिमाका रूपमा मनाउनेहरूले यज्ञोपवीत परिवर्तन गरी ऋषिपुजन तथा तर्पण कर्म सम्पन्न गर्दै भव्य आस्थाका साथ मनाउँछन् । यस दिन गुरुजनहरूबाट मन्त्रपाठसहित बाँधिने रक्षासूत्र भय निवारण एवं आत्मबल सुदृढीकरणको प्रतीक मानिन्छ ।

नेवार समुदायले श्रावण पूर्णिमालाई ‘गुःपुन्हि’ को रूपमा मनाउने परम्परा छ । यस पर्वले नेवार समुदायमा शारीरिक शुद्धता, पारिवारिक स्वास्थ्य तथा समृद्धिको कामनासहित धार्मिक एवं सांस्कृतिक पुनर्जागरणको कार्यमा सहयोग गर्दछ । यस अवसरमा क्वाँटी खाने, विशेष प्रकारका रोटीहरू पकाएर घरका देवता तथा पुर्खाका नाममा चढाउने, धार्मिक अनुष्ठान गर्ने, परिवार र समुदायबीच जमघट गर्दै यो पर्व मनाइन्छ ।

प्रकाशित समय: शनिवार २५ साउन, २०८२, १०:४०:०१
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०