दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा रिहा गर्न आदेश, यस्ता छन् कारण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० साउन, २०८२
१२ महिनाअघि

 उच्च अदालत पाटनले व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई फरक फरक मुद्दामा जम्मा २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

२०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा उनीमाथि विभिन्न पाँच मुद्दा थियो । उनी चैत १५ गत पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएपछि भागेर भारत पुगेका थिए ।

प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको थियो । यसका साथै उनीविरुद्ध बैंकिङ अपराधसम्बन्धी कानुनअनुसार मुद्दा चलाइएको थियो ।

अदालतको आदेश

पाटन उच्च अदालतको वाणिज्य इजलासका न्यायाधीशहरू सुदर्शननाथ भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले प्रसाईंमाथि प्रस्तुत प्रमाण र बहसको मूल्यांकन गर्दै २५ लाख रुपैयाँ धरौटी माग गरेको हो।

आदेशअनुसार, धरौटी बुझाएको शर्तमा उनलाई रिहा गरी बैंकिङ कसुरसम्बन्धी फौजदारी कार्यविधिअनुसार मुद्दाको प्रक्रिया अघि बढाइने भएको छ।

धरौटीको कारण

अदालतको आदेशमा उल्लेख गरेअनुसार दुर्गा प्रसाईंमाथि लागेको आरोप बैंकिङ कसुर ऐन, २०६४ को दफा ८ अनुसारको हो। अदालतले उनी क्यान्सरपीडित भएकाले उपचारको कुरामा पनि ख्याल गर्नुपर्ने भन्दै यस्तो आदेश दिएको हो ।

मुद्दामा उनीविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बराबरको कसुर मागदाबी गरएको थियो थियो । तर अदालतले मुद्दाको दफा १२(२)(ड) बमोजिम जमानतमा छुट दिने व्यवस्था रहेको भन्दै तत्काल हिरासतमा राखिरहनुपर्ने अवस्था नरहेको ठहर गरेको छ ।

अदालतले निर्णय सुनाउँदै भनेको छ, ‘फरार वा प्रमाण नष्ट गर्ने देखिएको छैन। मुद्दा अनुसन्धानकै चरणमा रहेकाले धरौटीमा रिहा गरी बाँकी प्रक्रिया अगाडि बढाउन सकिने देखिन्छ।’

अदालतले राउन्ड ट्रिपिङ र लेयरिङ जस्ता अवैध आर्थिक कारोबारका विषयमा उठाइएको आशंका अझै पुष्टि नभएको जनाएको छ । प्राप्त प्रमाण र बहस विश्लेषण गर्दा तत्काल कारागारमा राखिरहनुपर्ने अवस्था नरहेको ठहर अदालतको छ ।

प्रसाईंले बयानका क्रममा आफूले कसैको क्षति नगरेको र मुद्दा मिलाउने तयारीमा रहेको दाबी गरेका थिए।

जिल्लाको आदेश खारेज

अदालतले यसअघि जिल्ला अदालतले दिएको सोधपुछका लागि थुनामा राख्ने आदेशलाई संशोधन गर्दै अब ५० दिनभित्र पूरक अनुसन्धनसहित मुद्दा अगाडि बढाउन पनि निर्देशन दिएको छ।

दुर्गा प्रसाईंमाथि बैंकिङ कसुरसम्बन्धी आरोपमा नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले मुद्दा दिएको थियो। उक्त उजुरीको आधारमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको थियो । उनीसहित अन्य सहप्रतिवादीहरूमाथि पनि अनुसन्धान जारी छ।

तीनुकेन घटनामा तीन लाख धरौटी

अर्कातिर उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको राजावादीको प्रदर्शनका मुख्य नाइकेका रुपमा रहेका प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न भनेको हो ।

तीनकुने घटनामा प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको कसुरसहित विभिन्न पाँच मुद्दा दायर गरेको थियो ।

प्रकाशित समय: सोमबार २० साउन, २०८२, २१:०४:०९
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०