खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ साउन, २०८२
१ वर्षअघि

‘ऊ त बच्चा हो । म उसको दिमागै निकालिदिन्छु। मसँग लड्नै नआए राम्रो !’, यो थियो भारतका फाइटर चोङ्गरेङ्ग कोरेनको घमण्ड । उनले नेपाली फाइटर रवीन्द्र ढाँटविरुद्धको फाइटअघि यसरी अपमानजनक अन्तर्वार्ता दिएका थिए । तर यो घमण्ड फाइटका क्रममा केही सेकेन्डमै माटोमा मिल्यो । भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएनएफ) को बहुप्रतिक्षित बान्टमवेट टाइटल फाइटमा रवीन्द्र ढाँटले उनै भारतीय फाइटर कोरेनलाई तेस्रो राउन्डको सुरुवातमै नकआउट गरे । रवीन्द्रको यो ऐतिहासिक जितले केवल टाइटल बेल्ट मात्रै होइन, सम्पूर्ण नेपाली खेलप्रेमीको मन जितेको छ ।

फाइटअघि भारतीय मिडियामा रविन्द्रलाई ‘बच्चा’ भन्दै उपहास गर्ने कोरेनको दम्भ फाइटको रिङमा केही सेकेन्ड पनि टिक्न सकेन । तीव्र र संयमित शैलीमा आक्रमण गर्दै रवीन्द्रले कोरेनलाई लगातार प्रहार गरे । अन्ततः ती प्रहारको श्रृंखलाले कोरेन ढले । रेफ्रीले फाइट रोक्दै रवीन्द्रलाई विजेता घोषणा गरे ।

Advertisement

यो जीतसँगै रविन्द्र ढाँटले आफ्नो व्यावसायिक एमएम करिअरमा नवौँ जित दर्ता गरे । अब उनी एमएफएन बान्टमवेट च्याम्पियन बनेका छन् । फाइटपछि उनले भने, ‘नेपालको झण्डा काँधमा बोकेर आएको थिएँ । आज त्यो झण्डालाई रिङमै फहराउन पाएको छु।’ रवीन्द्रको जीतलाई केवल एक खेलाडीको सफलता मात्र होइन, नेपालको साहस, आत्मबल र आत्मसम्मानको विजयका रूपमा मानिएको छ । उनको यो जितपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई दिएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०