नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : सभापति देउवा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

एजेन्सी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताएका छन् । नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्था: अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उनले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि सधैँ इमानदार भएर प्रयासरत रहेको बताए  । ‘देशमा कुनै पनि एकल जातिको बहुमत छैन, यहाँ सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् । संविधानले पनि आदिवासी, जनजाति सबैलाई समेटेको छ, समावेशी लोकतन्त्रको मूल्यमान्यता अनुसार थारु समुदायले आफ्नो भूमिका निर्वाह गरिरहेको छ’, सभापति देउवाले भने । उनले नेपालका थारुहरूले जुनसुकै अप्ठ्यारो परिस्थिति आए पनि सधैँ देशप्रतिको इमानदारिता कायम राख्दै आएका बताउँदै थारु समुदायको चरित्र लोकतान्त्रिक विशेषता, सामाजिक संरचना र परम्पराले स्पष्ट देखाउने धारणा राखे ।

‘देशका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा थारु समुदाय दृढतापूर्वक लोकतन्त्रको पक्षमा उभिँदै आएको छ, लोकतान्त्रिक मूल्यमान्यता पालना गर्दै आफ्नै जीवनशैलीमा अपनाउने यो समुदायको विशेषता हो’, सभापति देउवाले भने, ‘उदाहरणका लागि हरेक वर्ष माघमा आफ्नै नेतृत्व लोकतान्त्रिक प्रक्रियाद्वारा चयन गर्ने परम्परा थारु जातिमा अत्यन्तै सुन्दर र अनुकरणीय अभ्यास हो । ’उनले थारु समुदायको सामूहिक निर्णयमा हुने अभ्यास पारदर्शिता, उत्तरदायित्व र सहभागितामा आधारित रहने भन्दै यो समुन्नत लोकतान्त्रिक संस्कृतिको नमुनाका रूपमा रहेको बताए । नेपाली कांग्रेसले थारुलाई उच्च सम्मान गर्दै आएको उनको भनाइ छ ।

थारुको विषयमा पार्टीले लिनुपर्ने नीतिमा सहयोग गर्ने, समुदायको विकास र उत्थानमा टेवा पुर्‍याउने उद्देश्यले केन्द्रीय सदस्य योगेन्द्र चौधरीको संयोजकत्वमा थारु विभाग गठन गरिएको सभापति देउवाले जानकारी दिए ‘कांग्रेसभित्र सङ्गठित भई पार्टीको सङ्गठन निर्माणमा र आफ्नो समुदायमा नेतृत्व विकास गर्ने उद्देश्यले नेपाल थारु सङ्घको गठन भएको छ’, उनले भने । सभापति देउवाले २०५७ सालमा कमैया मुक्ति आन्दोलनको नेतृत्व डिल्लीबहादुर चौधरीले गरेको स्मरण गरे  । उनले भने, ‘२०७२ सालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएसँगै संविधानले नेपालका लाखौँ थारुको सम्मान गरी छुट्टै पहिचानसहितको व्यवस्था गरिएको छ ।’

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, २१:३०:०४
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०