जनार्दनलाई प्रचण्डले भने- बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपमा बोल्दै हिँड्नु राम्रो होइन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुई लाइन संघर्ष चलाइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारको स्थायी कमिटी बैठकमा सार्वजनिक रुपमा बोल्दै हिँड्नु ठिक नभएको बताएका छन् । आफूविरुद्ध उपमहासचिव शर्मा चलाइरहेको दुई लाइन संघर्षकाबारेमा बोल्दै दाहालले सार्वजनिक रुपमा गरिएका आलोचना र टिप्पणीलाई गलत भनेका हुन् । पार्टीभित्रकै बैठक र बन्द कोठामा सीमित वैचारिक मतभेद अब सामाजिक सञ्जालमार्फत् खुला रुपमा प्रकट हुन थालेपछि प्रचण्डको यो भनाइ आएको हो ।

‘स्थायी समिति बैठकमा उपमहासचिव शर्मालाई इंगित गर्दै अध्यक्ष प्रचण्डले बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपममा बोल्दै हिँड्ने शैली गलत रहेको बताउनु भयो’, बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीभित्रै छलफल र बहस गर्न सबैलाई छुट छ। जनार्दनजीले सार्वजनिक रूपमा बोल्नु ठिक होइन । यसले बाहिर राम्रो सन्देश गएन। पार्टीभित्रका कुरा यहीँ राखेर सबैले अनुशासनको ख्याल गर्नुपर्छ । ’केही दिनअघि उपमहासचिव शर्माले विशेष महाधिवेशनको माग गर्दै चार बुँदे दस्तावेज सार्वजनिक गरेपछि संघर्ष बढेको बेला प्रचण्डले रोक्ने प्रयास गरेका हुन् ।

शर्मापछिपछि प्रचण्डको नेतृत्वको खुलेर आलोचना गर्ने क्रममा नेता एवम् पूर्वपर्यटनमन्त्री सुदन किरातीले पनि नेतृत्वको गम्भीर समीक्षा आवश्यक भएको बताएका थिए। उनलाई पछ्याउँदै बिहीबार माओवादी केन्द्रका नेता एवम् पूर्व आपूर्ति मन्त्री शिवकुमार मण्डलले सामाजिक सञ्जालमार्फत् लामो धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डप्रति तीखा प्रश्न उठाएका थिए । एकपछि अर्को नेताले आफूविरुद्ध बोल्न थालेपछि दाहालले अनुशासन सम्झाएका हुन् ।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, १८:०२:०८
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०