केपी ओली नेतृत्वको सरकार ध्रुवे हात्ती जस्तै : प्रकाश ज्वाला

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले अहिले देशका समस्याको मूल जड सरकार रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले अहिले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । ‘यतिबेलाको समस्याका जड सरकार नै हो । सरकार जनताको अभिभावक हो, अभिभावकको भूमिका उसले निभाउनुपर्छ । तर, यो देशमा सरकार छ भन्ने अनुभूति छैन’, उनले भने, ‘देश अहिले सरकारविहीनजस्तो भएको छ। सरकारले गैरजिम्मेवारीपन देखाएको छ । ’उनले वर्तमान सरकारलाई ध्रुवे हात्तीको संज्ञा दिए । ‘अहिले दुई ठूला दल मिलेर सरकार बनाएका छन् । म त भन्छु दुई ध्रुवे हात्तीजस्तै । हात्ती मिले पनि बालीको नाश, हात्ती लडे पनि बालीको नाश । अहिले उनीहरू मिलेर बालीको नाश गरिरहेका छन्,’ उनले भने ।

ज्वालाले सरकार जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का अधिकांश मन्त्रीहरु भ्रष्टाचारमा मुछिएको पनि उनले बताए । प्रधानमन्त्री र मन्त्रीहरू नाङ्गो तरिकाले घुसखोरी, भ्रष्टाचार र अनियमिततामा जोडिएको उनले आरोप लगाए । ‘सरकार काम कुरा एकतिर, कुम्लो बोकी ठिमीतिर भनेको जस्तै भएको छ । भ्रष्टाचारका ठूला–ठूला काण्ड भइरहेका छन् । अधिकांश मन्त्री विवादमा छन् । भ्रष्टाचार र घुसमा जोडिएका छन् । मन्त्रीहरू नाङ्गो तरिकाले घुखोरी, भ्रष्टाचार, अनियमिततामा जोडिएका छन् । सरकार आफ्नो तालमा मादल बजाइरहेको छ’, उनले भने । सरकार बनेको एक वर्ष नाघिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरेको उनले बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा गठित सुशासन समितिलाई ‘कुशासन समिति’ भने ।

‘त्यो सुशासन समिति हो कि कुशासन समिति हो मैले त संसद्मा त्यसको नाम कुशासन समिति राखेको छु । त्यसले कुशासनलाई प्रश्रय दिइरहेको छ,’ उनले भने, ‘घुसखोरहरू छाती खोलेर हिँडिरहेका छन्, भ्रष्टाचारी कहीँकतै डराउनु पर्दैन । भ्रष्टाचारीलाई कारबाही हुँदैन । सरकार जनताप्रति जवाफदेही होइन, दलाल, नोकरशाह, विचौलिया, माफिया, भूमाफिया र तस्करको सेवकका रुपमा रहेको छ। ’उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘तस्करहरू कठपुतलीको’ को संज्ञा दिए । ‘तस्कहरूको कठपुतली सरकार छ । यो सरकार विचौलियाको कठपुतलीजस्तो छ’, उनले भने, ‘यो जनताको सररकार होइन, कठपुतली सरकार हो, माफियाको सरकार हो । यसका धेरै तथ्यहरु, आधार हामीसँग छन् ।’

कांग्रेस–एमाले गठबन्धन बन्दा भएको सहमतिका बुँदामध्येको प्रमुख संविधान संशोधन अहिले बेबारिसे बनेको उनले बताए । उनले वर्तमान सरकारको मुहान नै धमिलो रहेको बताए ।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, १६:४२:५५
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०