हृदयन्द्रको जुम्ला भ्रमणको भिडियोबारे माओवादी सांसदको टिप्पणी- युट्युबमार्फत जनता झुक्याउने नयाँ स्टन्टको प्रयोग,राजतन्त्र फर्काउने अर्को षड्यन्त्र

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहका सुपुत्र हृदयन्द्र शाहको हालैको जुम्ला भ्रमण र त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि राष्ट्रिय बहसको विषय बनेको छ।

युट्युब च्यानल ‘साझा कथा’मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा हृदयन्द्रले जुम्लाका स्थानीय युवा, विद्यार्थी र व्यवसायीहरूसँग चाखलाग्दो संवाद गरेका छन्।

Advertisement

उनले भ्लगिङ शैलीमा ल्याएको उक्त भिडियो साझा कथा युट्युब च्यानलबाट सार्वजनिक भएको छ । जसमा उनले जुम्लाका युवा, विद्यार्थी र व्यवसायीसँग गरेको चाखपूर्ण संवादले सबैको ध्यान तानेको छ । कयौँले उनको संवाद शैलीको प्रशंसा गर्दै राजा वीरेन्द्रसँग तुलना गरिरहेका छन् ।

तर उनको यो भिडियोलाई लिएर नेकपा माओवादी केन्द्रकी सांसद छिरिम ल्हामु लामाले भने आक्रोशपूर्ण टिप्पणी सार्वजनिक गरेकी छन् । प्रतिनिधिसभाकी समानुपातिक सांसद लामाले हृयदन्द्रलाई कुकुरको छाउरो हुर्किएझैँ हुर्किएकोसम्म भ्याएकी छन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा हृदयन्द्रको भिडियो र उनको जुम्ला भ्रमणबारे आक्रोशपूर्ण र तीतो टिप्पणी गरेर विवादमा परेकी हुन् ।

लामाले शाहवंशको कडा आलोचना गर्दै सामाजिक सञ्जालमा आक्रोशपूर्ण टिप्पणी सार्वजनिक गरेकी छन्। प्रतिनिधिसभाकी समानुपातिक सांसद लामाले हृदयन्द्र शाहको भ्रमणलाई ‘राजतन्त्र पुनःस्थापना गर्ने षड्यन्त्र’को संज्ञा दिँदै ‘राजाको छोरालाई काखमा चेपेर दरबारिया शैलीमा युट्युबमार्फत् देश घुमाउने काम’ भएको उल्लेख गरेकी हुन् ।

‘हृदयन्द्र शाह कुकुरको छाउरो जस्तै हुर्किएको हो, जसलाई अब युट्युबमार्फत जनता झुक्याउने नयाँ स्टन्टको प्रयोग गरिँदैछ’, उनले गम्भीर आरोपसहित भनेकी छन् । हिमानी शाहले हृदयन्द्रलाई लिएर जुम्लाको भूमिमा पुरानै सामन्ती प्रवृत्तिको पुनरावृत्ति गर्न खोजेकी अर्को आरोप पनि उनले लगाएकी छन् ।

उनले विगतमा राजतन्त्रले जुम्लासमेतका दुर्गम क्षेत्रहरूलाई दुर्गम, गरिबी, रोग र भोकको पर्याय बनाएको उल्लेख गरेकी छन् । ‘राजतन्त्रका २३८ वर्षमा सिटामोलसम्म पुर्‍याउन नसकेको ठाउँमा गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवा लगायतका सेवा सुविधा पुर्‍याएको छ’, उनले तर्कसहित भनेकी छन् ।

लामाले हृदयन्द्रको भिडियोको व्यापक प्रचारप्रसारलाई ‘सामन्ती सोचको निरन्तरता’ भनेकी छन्।

उनले आफ्नो फेसबुक वालमा चर्चित युट्युबर/भ्लगर सिर्जना सिज्जुको पनि नाम लिएकी छन् । ‘सिर्जना सिज्जुजस्ता भ्लगरहरूले जुम्लालाई चिनाउने उत्कृष्ट प्रयास गरे पनि उनीहरू मिडियाको हेडलाइन बन्न सकेनन्, किनभने उनीहरू राजपरिवारका सदस्य होइनन्’, उनले भनेकी छन् ।

लामाले अब सिंहदरबार वंशले नभई जनताको विश्वासले चल्ने बताइन् । ‘सिंहदरबार अब बंशको नामले होइन, जनताको विश्वासले पुगिन्छ। हामीले सामन्ती सोचविरुद्ध लडेका हौं, र लडिरहनेछौँ’, उनले भनेकी छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
१९ minutes

होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट

शनिवार १० असोज, २०८३
१ घण्टाअघि

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
२ घण्टाअघि

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
२ घण्टाअघि

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
२ घण्टाअघि

अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा

शनिवार १० असोज, २०८३
२ घण्टाअघि
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०