समाजवादी मोर्चाको बैठक : विप्लवलाई फकाइयो, भदौ अन्तिमदेखि नयाँ कार्यक्रम थाल्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ साउन, २०८२
९ महिनाअघि

नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको बैठक मंगलबार बसेको छ । नेकपा (एकीकृत समाजवादी) को मुख्यालयमा बसेको बैठकमा मोर्चालाई सक्रिय बनाउने र कार्यक्रम ल्याउनेबारे छलफल नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताएका छन् । बैठकमा मोर्चा निस्क्रिय भएको विषयमा नेताहरूले आत्मालोचना गरेका उनले बताए । अब निर्मतापूर्वक गल्ती र कमजोरी सच्याएर देश र जनताको हितमा समाजवादी कार्यक्रम ल्याउने कुरा भएको उनले बताए ।

अहिले देशमा व्यापक निराशा र आक्रोश बढेकाले सबै आक्रोशलाई सम्बोधन गर्नेगरि कार्यक्रम ल्याउने सहमति भएको उनले बताए । मोर्चाले भदौ अन्तिमबाट नयाँ र सशक्त कार्यक्रम लिएर जिल्ला जाने पनि उनले बताए ।

मोर्चाका नेताहरूले विगतको निष्क्रियता स्वीकार गर्दै अब भदौ अन्तिमदेखि देशव्यापी सशक्त कार्यक्रम ल्याउने घोषणा गरेका छन्। मोर्चाको सदस्यसमेत रहेका नेत्रविक्रम चन्द विप्लवले तीव्र असन्तुष्टि जनाएका बेला बैठकमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विगतका गल्ती सच्याउने बताएका थिए ।

दुवै नेताले मोर्चा निष्क्रिय हुनुमा आत्मआलोचना गर्दै विप्लवलाई फकाएका थिए । विप्लव नेतृत्को नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बैठकमा मोर्चाको निष्क्रियता, प्रभावहीनता, नेतृत्वको व्यस्तता र सांगठनिक कमजोरीबारे आत्मालोचना भएको छ। अब ‘निर्ममतापूर्वक गल्ती र कमजोरी सच्याएर’ देश र जनताको पक्षमा स्पष्ट कार्यदिशासहित अघि बढ्ने निष्कर्षमा बैठक पुगेको उनले बताए ।

स्वीकारोक्ति र आत्मालोचना

बैठकमा दाहाल र नेपालसहितका नेताहरूले एक वर्षअघि बनेको समाजवादी मोर्चा अपेक्षाअनुसार सक्रिय हुन नसकेको स्वीकार गरे।

इमानदार कार्यकर्ताको आशा र विश्वासको पनि अपेक्षाअनुसार मोर्चाले विषय वस्तु सम्बोधन गर्न नसकेको कुरा बैठकमा उठाइएको थियो।

नेताहरूको अत्यधिक व्यस्तता र संस्थागत समन्वयको कमजोरी मुख्य चुनौतीका रूपमा रहेको भन्दै अब सक्रिय हुने बताए ।

मोर्चा गतिशील बनाउने योजना

प्रकाण्डका अनुसार भदौको अन्तिम सातादेखि मोर्चाले देशभर सशक्त कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । कार्यक्रम जनजीविकाका मुद्दा, भ्रष्टाचार, कालोबजारी र गणतन्त्रमाथिका चुनौतीविरुद्ध केन्द्रित हुने उनले बताए।

‘देशमा व्यापक निराशा, आक्रोश र विदेश पलायन’ बढिरहेको भन्दै मोर्चाले ती समस्यालाई सम्बोधन गर्ने स्पष्ट नीति बनाउन सरकारलाई दबाब दिने तयारी गरेको छ।

मोर्चाले समाजवादको विषयमा देशव्यापी बहस गराउने योजना पनि अघि सारेको छ। नीति तथा कार्यक्रममा आवश्यक परिमार्जन गर्दै ‘समाजवादसम्म पुग्ने स्पष्ट मार्गचित्र’ तय गर्ने दिशामा छलफल अघि बढेको उनले बताए ।

राजावादीबारे कडा टिप्पणी

२०८१ चैत १५ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित मोर्चाको प्रदर्शनले ‘यथास्थितिवादी र राजावादी षड्यन्त्रलाई असफल बनाएको’ दाबी पनि मोर्चाले गरेको छ ।

राजावादी आन्दोलनमा केही विदेशी शक्तिहरूको संरक्षणमा रहेको आरोपसमेत मोर्चाले लगाएको छ। यस विषयमा पनि गम्भीर समीक्षा भएको उनले बताए ।

आगामी कार्ययोजना

समाजवादी मोर्चालाई सुदृढ, विस्तार र सक्रिय बनाउने साझा प्रतिबद्धता बैठकमा नेताहरूले व्यक्त गरेका छन् । प्रकाण्डका अनुसार मोर्चालाई विस्तार गरेर सशक्त कार्यक्रमसहित तलैसम्म जाने तयारीबारे बैठकमा कुरा भएको छ।

भदौपछि देशभर जनप्रदर्शन, सभा र बहसको शृंखला सञ्चालन गर्ने

युवालक्षित कार्यक्रम, वैचारिक प्रशिक्षण र संगठन विस्तारमा प्राथमिकता

जनतालाई निराशाबाट निकाल्न ‘नयाँ ढंगको राजनीतिक हस्तक्षेप’ गर्ने

प्रकाण्डका अनुसार मोर्चाले अब आफूलाई नयाँ ठाउँमा उभ्याउने योजना बनाएको।

‘समाजवादी आन्दोलनको भविष्य सुनिश्चित गर्न हामी देशभर अभियान चलाउनेछौँ,’ उनले भने, ‘अब समाजवादबारे व्यापक बहस गराउने गरी हाम्रो नीति तथा कार्यक्रममा पनि संशोधन गर्ने गरी आजको बैठकमा कुरा भएको छ ।’

प्रकाशित समय: मङ्गलबार १४ साउन, २०८२, २२:०४:०५

सम्बन्धित खबर

कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा

सोमबार १४ ब‌ैशाख, २०८३
९ घण्टाअघि

संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

सोमबार १४ ब‌ैशाख, २०८३
१० घण्टाअघि

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय

सोमबार १४ ब‌ैशाख, २०८३
११ घण्टाअघि

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

सोमबार १४ ब‌ैशाख, २०८३
१२ घण्टाअघि

सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त

सोमबार १४ ब‌ैशाख, २०८३
१२ घण्टाअघि

सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सोमबार १४ ब‌ैशाख, २०८३
१३ घण्टाअघि
कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा
सोमबार १४ ब‌ैशाख, २०८३
संविधान र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल
सोमबार १४ ब‌ैशाख, २०८३
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित
सोमबार १४ ब‌ैशाख, २०८३
सशस्त्र प्रहरीको आईजीपी नारायणदत्त पौडेल नियुक्त
सोमबार १४ ब‌ैशाख, २०८३
सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सोमबार १४ ब‌ैशाख, २०८३
नीशा अधिकारीको प्रस्ताव– रञ्जु दर्शनालाई गृहमन्त्री बनाउ
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव
सोमबार १४ ब‌ैशाख, २०८३
सङ्खुवासभामा विद्यालयमै प्रधानाध्यापक कुटपिट, दुई शिक्षक पक्राउ
सोमबार १४ ब‌ैशाख, २०८३
स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल छिन्नमस्ता बाहिनी तानिए
सोमबार १४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०