रास्वपाको हस्ताक्षर अभियानबारे प्रधानमन्त्रीको कटाक्ष- तीन करोडभन्दा माथि चाहिँ नपुगोस्

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ साउन, २०८२
१ वर्षअघि

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले नै राजनीतिमा ल्याएको बताएका छन् ।

कैलालीको जानकी गाउँपालिका-९ कटासेस्थित रानी जमरा कुलरिया आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

Advertisement

ओलीले राष्ट्रिय लामिछानेलाई राजनीतिमा ल्याउने व्यक्ति आफू नै भएको दाबी गर्दै उपप्रधानमन्त्री र गृहमन्त्रीसमेत बनाएको स्मरण गराएका छन् । अहिले लामिछानेका समर्थकहरू आफूलाई गाली गरिरहेको भन्दै उनले गुनासो पोखेका छन् ।

प्रधानमन्त्री ओलीले जनतालाई व्यवस्थाविरोधी शक्तिहरूको भ्रममा नपर्न पनि आग्रह गरेका छन्। ‘जो संसदविरोधी छन्, उनीहरू अहिलेको व्यवस्थामाथि प्रहार गरिरहेका छन्। हामीले लोकतन्त्र ल्याउँदा थुप्रै यातना सह्यौं, जेलनेल भोग्यौं। तर अहिले उनीहरू तर मार्न आएका छन्।’

उनले सामाजिक सञ्जालमा गालीगलौजसहित दिइने गैरजिम्मेवार अभिव्यक्तिको पनि आलोचना गरे । ‘फेसबुकमा स्टाटस लेख्न, अरुलाई गाली गर्न र सभ्यतामाथि आक्रमण गर्न पाउनु स्वतन्त्रता होइन’, उनले भने ।

सहकारी ठगी प्रकरणमा रविविरुद्ध अदालतले गरेको आदेशलाई लिएर रास्वपाले गरिरहेको हस्ताक्षर अभियानप्रति ओलीले आपत्ति जनाए ।

‘कसैले अपराध गरेमा थुन्ने कि नथुन्ने भन्ने कुरा अदालतको हो, सरकारको होइन’, उनले भने, ‘उनलाई अदालतले थुन्यो, सरकारले होइन। तर अहिले उनका समर्थकहरू मलाई नै गाली गर्छन्। उनलाई मैले नै राजनीतिमा ल्याएर गृहमन्त्री र उपप्रधानमन्त्रीसमेत बनाएको थिएँ ।’

अदालतको आदेशविरुद्ध चलाइएको हस्ताक्षर अभियानप्रति उनले रोष प्रकट गरेका छन् । ‘तीन करोडभन्दा माथि हस्ताक्षर पुग्यो भने अनौठो होला’, उनले भने, ‘त्यहाँभन्दा माथि चाहिँ नपुगोस् है ।’ उनले यो सरकार आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट संकेत गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान

आईतबार २ कार्तिक, २०८३
२ minutes

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
२८ minutes

मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता

आईतबार २ कार्तिक, २०८३
४२ minutes

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
१६ घण्टाअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१७ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०