अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ साउन, २०८२
११ महिनाअघि

संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक आज (मंगलबार) बस्दै छन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोेत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखासमिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे र बाँकी सबै समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराउनुभएका सांसदहरुसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिने छ ।

यसैगरी, लेखासमितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको उपस्थितिमा सरकारका सबै सचिवहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा कानून, न्याय तथा संसदीय मामिलामनत्रीसँग छलफल गर्ने तयारी छ ।

प्रकाशित समय: मङ्गलबार १४ साउन, २०८२, ०७:५६:०२
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०