विप्लवको समाजवादी मोर्चा विघटन गर्ने प्रस्तावले झस्किए माधव-प्रचण्ड

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ साउन, २०८२
१ वर्षअघि

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले समाजवादी मोर्चा विघटन गर्ने प्रस्ताव गरेका छन् ।
गत साता काठमाडौं आएपछि कम्युनिष्ट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूसँग भेटघाट तीव्र बनाएका महासचिव विप्लवले यस्तो प्रस्ताव गरेका हुन् ।
विप्लवले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । यी दुवै भेटमा उनले नेताहरूले मोर्चालाई समाजवादका लागि प्रयोग गर्न भन्दा पनि शक्ति आर्जनका लागि प्रयोग गरेको भन्दै विघटनको प्रस्ताव गरेका हुन् ।
‘हामीले समाजवादी पार्टीहरू मिलेर एउटा अभियानमा काम गरौं भनेका थियौं,’ विप्लवको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो, ‘तर प्रचण्डजीले मोर्चालाई आफ्नै शक्ति आर्जनका लागि प्रयोग गर्नुभयो, यस्तो मोर्चा राखिराख्न भन्दा विघटन गरेकै ठीक छ ।’

विप्लव अहिले समाजवादी मोर्चाका संयोजक छन् । नेकपाका प्रवक्ता प्रकाण्डले पनि समाजवादी मोर्चामो औचित्यमाथि प्रश्न उठेको बताए । ‘समाजवादी मोर्चाले अहिलेसम्म मुलभूत विषयमा राम्रो काम गर्‍यो । तर, अहिलेको सन्दर्भका जे विषय छन्, जे घटनाक्रम विकसित भएका छन्, त्यसलाई सुट गर्नेगरी काम हुन नसकेको पक्कै हो,’ नेकपाका प्रवक्ता प्रकाण्डले भने, ‘यसलाई व्यापक बनाउनेगरी लाग्नुपर्छ भन्ने अहिलेको प्रश्न थियो । यसैमा हामीले छलफल गर्न खोजेको ती विषयहरूको औचित्य कमजोर भयो ।’

मोर्चा गठन गर्दा यी दलहरुले मोर्चा हुँदै पार्टी एकीकरणसम्म जान सकिने गरि तयारी गरेका थिए । तर पछिल्लो समय माओवादीसँग पार्टी एकताको संभावना नरहेको निष्कर्ष नेकपाले निकालेको थियो । त्यसपछि माओवादीका अध्यक्षसँग नेकपाका अध्यक्ष विप्लवले दूरी कायम गरेका थिए । गत साउन ६ गते काठमाडौंमा नेकपाका अध्यक्ष विप्लवसहित माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एउटा कार्यक्रम गरेर अहिलेका बाम पार्टीहरूका नेतृत्वको आलोचना गरेका थिए । ७ गते कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा भएको कार्यक्रममा पनि विप्लवले माओवादी केन्द्रको भूमिकाका कारण नै कम्युनिष्ट आन्दोलन अघि बढ्न नसकेको बताएका थिए ।

त्यसपछि विप्लवले माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, एमालेका महासचिव शंकर पोखरेल, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका थिए । आफैंले नेतृत्व गरेको समाजवादी मोर्चाको अस्तित्वमाथि नै विप्लवले प्रश्न उठाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने झस्किएका छन् । यसै विषयमा छलफल गर्न आइतबार र सोमबार प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरूले मोर्चालाई बलियो बनाएर लैजाने र मोर्चका कार्यक्रम प्रदेशतहसम्म सक्रिय बनाउने समझदारी गरेको प्रचण्ड निकट स्रोतले  बतायो ।

प्रकाशित समय: सोमबार १३ साउन, २०८२, २१:१७:४४
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०