पूर्वराष्ट्रपति भण्डारीसँग अब कुनैपनि सम्झौता हुँदैन : प्रधानमन्त्री ओली

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ साउन, २०८२
१ वर्षअघि

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनैपनि सम्झौता नहुने बताएका छन् ।

कर्णालीका केन्द्रीय सदस्यहरुलाई शनिबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात् निर्देशन दिएका थिए । ‘तीन घण्टा जति छलफल भयो, पहिले नेताहरुबाट ब्रिफिङ लिएपछि अध्यक्ष कमरेडले दुई घण्टा लामो कुरा राख्नुभएको थियो’, त्यो छलफलमा सहभागी एक नेता भन्छन् ।

Advertisement

कर्णालीबाट केन्द्रीय कमिटीमा रहेका २७ मध्ये २२ नेता सहभागी बालुवाटारमा भएको छलफलमा ओलीले आफ्नो कुरा झापा विद्रोहका सन्दर्भबाट थालेका थिए । ‘विद्रोहकालीन कुराहरु भन्न आधा घण्टा खर्चनुभयो, त्यसपछि पूर्वराष्ट्रपतिबारे भएका कुराहरु सुनाउनुभयो’, स्रोतले भन्यो ।

भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको पृष्ठभूमि सम्झँदै ओलीले त्यसैबेला फेरि राजनीतिमा फर्कन नमिल्ने परिस्थिति जानकारीमा रहेको बताएका थिए ।

‘माधव नेपाललाई प्रस्ताव राखेँ । तर फर्केर फेरि राजनीतिमा आउन पाइँदैन भन्दै उहाँले मान्नुभएन’, प्रधानमन्त्री ओलीले यो कुरा माधव नेपालसँग समेत बुझ्न सकिने बताएका थिए । झलनाथ खनालले पनि माधव नेपालकै जस्तो जवाफ दिएको उनले बताए ।

सक्रिय राजनीतिमा फर्कन नपाइने भनेरै माधव र झलनाथले राष्ट्रपति हुन नमानेको ओलीले बताए । ‘अब माधव नेपाल र झलनाथ खनालले बुझेको कुरा विद्याजीले नबुझ्ने भन्ने त हुँदैन’, ओलीले भने, ‘माधव भन्दा १० वर्ष कान्छो विद्याजीले बुझेरै जानुभयो ।’

सक्रिय राजनीतिमा फर्कन नपाइने भएकैले विद्या भण्डारीलाई दोस्रोपटक पनि राष्ट्रपति बनाउन आफूले जोड गरेको ओलीले बताएका थिए ।

‘विद्याजीलाई दोस्रोपटक बनाउने म क्याम्पेनियर हुँ । झलनाथजीले रहर गरेपनि मैले नै अर्को पाँच वर्ष हुन दिनुपर्छ भनेको थिएँ’, ओलीको भनाइ उदृत गर्दै अर्का केन्द्रीय सदस्यले भने ।

तर अस्ति ३ असारमा बालुवाटार आएर पूर्वराष्ट्रपति भण्डारीले आफूलाई तथ्यहीन आरोप लगाएको ओलीले नेताहरुलाई बताएका थिए । ‘थाहा छैन, कसले उकास्ने काम गरिरहेको छ’, ओलीले भने, ‘साँझ साढे ६ बजेदेखि साढे १० बजेसम्म कुरा गर्दा उहाँले मलाई अलोकप्रिय हुनुभयो भन्नुभयो । हाँकाहाँकी अब छोड्नुस् भन्नुभयो ।’

तर भण्डारीले भनेजस्तो आफ्नो लोकप्रियता नघटेको र पार्टीलाई स्वीकार्य बनाउँदै लगेको तर्क ओलीले गरे । चर्को घेराबन्दी बीच पार्टीलाई एउटा पोजिसनमा पुर्‍याएको, देशीविदेशी शक्ति लगाएर सत्ताबाट हटाएको तीन वर्ष नपुग्दै एमालेलाई सबै दलहरुले स्वीकार्ने शक्ति बनाएको ओलीले बताएका थिए ।

विद्या भण्डारीलाई आफूले दिएको जवाफ पनि ओलीले सुनाएका थिए । ‘नेतृत्व हस्तान्तरण भनेको राखेको ठाउँबाट झिकेर लैजाने कुरा होइन । मर्यादामा तपाईं (विद्या भण्डारी) माथि हो, तर तपाईं भन्दा धेरै सिनियर नेताहरु पार्टीमा हुनुहुन्छ’, विद्यालाई दिएको जवाफ ओलीले सुनाएका थिए, ‘अहिले शेरबहादुर देउवा किन बलियो हुनुहुन्छ भने उहाँलाई अरुले मानेका छन् । मैले छोड्दैमा तपाईंलाई अरुले छोड्छन् भन्ने छैन ।’

यसरी आफूले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण सम्भव नरहेको जवाफ दिएको ओलीले प्रष्ट पारे । सँगै, पार्टी केन्द्रीय कमिटीको निर्णय विपरीत हुनेगरी अब कुनै सम्झौता हुने सम्भावना पनि नरहेको ओलीले बताएका थिए । ‘अब उहाँसँग कुनै सम्झौता हुँदैन, पार्टी निर्णय कार्यान्वयनमा लाग्नूस्’ ओलीको निर्देशन थियो ।

त्यो छलफलमा सहभागी केन्द्रीय सदस्य विष्णु रिजाल पनि पूर्वराष्ट्रपति भण्डारीसँग सम्झौता नहुने सन्देश नै पाएको बताउँछन् । ‘पार्टीले एउटा निर्णय गर्‍यो । हिजो साथीहरुले कुनै मत राखेको आधारमा टाढा बनाउने होइन । सम्झाउने, बुझाउने र पार्टी निर्णयको पक्षमा उभ्याउने काम गर्नुहोला भन्नुभयो’, रिजाल भन्छन् ।

प्रधानमन्त्री ओलीले विद्या भण्डारीमाथि कुनै अन्याय नभएको तर्क पनि गरेका छन् । ‘पञ्चायतकालमा उहाँले गरेको जम्माजम्मी अखिलको राजनीति हो । संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ । सांसद, मन्त्री, राष्ट्रपति, अन्याय भन्ने ठाउँ नै छैन’ ओलीले भनेका थिए ।

विद्या भण्डारीलाई राजनीतिमा ल्याउनुपर्छ भन्ने निर्णयमा जम्मा तीन जना देखिएकाले पनि अब पार्टी निर्णयबारे हेरफेरको सम्भावना नरहेको ओलीको तर्क थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत

आईतबार ११ असोज, २०८३
३७ minutes

चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग

आईतबार ११ असोज, २०८३
१ घण्टाअघि

चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो

आईतबार ११ असोज, २०८३
२ घण्टाअघि

देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आईतबार ११ असोज, २०८३
२ घण्टाअघि

मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प

आईतबार ११ असोज, २०८३
४ घण्टाअघि

कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा

आईतबार ११ असोज, २०८३
४ घण्टाअघि
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०