विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं : महेश बस्नेत

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ४ साउन, २०८२
१ वर्षअघि

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव राखेका छन् । बस्नेतले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुनेदेखि आन्तरिक बसाइँसराइ तीव्र भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन गर्ने सम्मका प्रस्ताव राखेका हुन् ।

नेता बस्नेतले आफूले बैठकमा राखेका विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काएर इथिकल र प्रक्रियागत गल्ती गर्न नहुने उनको सुझाव छ ।

Advertisement

‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खादैन । पार्टीको दायित्व छनोट चाहानाले मात्र होइन,विधि सम्मत प्रक्रियाले हुन्छ ।’

भण्डारीको सदस्यता नवीकरण वा नयाँ लिनुपर्ने अवस्थामा पनि लहडमा होइन केन्द्रीय कमिटीबाट निर्णय गर्नुपर्ने उनले बताएका छन् । ७० वर्षे उमेर हदका बारेमा बोल्दै उनले राजनीतिक अवकास स्वचालित होइन,स्वेच्छाले र क्षमता क्षमताको विषय भएको उनको भनाइ छ ।

नेता बस्नेतले महाधिवेशनले पास गरेको विधानभन्दा अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षडयन्त्रको आरोप नलगाउन चेतावनी दिएका छन् । उनले विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गर्न आग्रह गरेका छन् ।

नेता बस्नेतले एमालेको पोलिटब्युरो बैठकमा राखेको प्रस्ताव

१. विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको व्यक्ति हो । सक्रिय पार्टी पङ्क्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ति गर्नु हुन्न । जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन । पार्टीको पदीय दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।

२. ️उहाँको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुन्छ ? नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन यति गम्भिर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्दछ ।

३. ७० वर्ष उमेर मापदण्ड हिजो हामीले नै बनाएको हो, बीचमै आवश्यकताले हटायौं अब त्यसको औचित्य देखिएन । अवकाश स्वचालित होइन, क्षमता र स्वेच्छाले हुने विषय हो, ‘मकुन्द न्यौपाने’ जस्तो पार्टी प्रवेश गर्दा पद लिन हटाउँ भन्ने पद पाएपछि चाहिंदैन भन्ने दोधार परिस्थिति नहोस् ।

४. ️ दुई कार्यकालको सीमा महाधिवेशनले हटाएको हो ।अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षड्यन्त्रको आरोप नलगाऔं । क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कृति बनाऔं । अब हटाउने प्रस्ताव सचिवालयले ल्याएको छ पास गरौं ।

५. ️ विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं ।

६. ️सचिवालयमा बहुमत छ भनी मिडियाबाजी गरेर अध्यक्ष बनाउने गरी निर्णय गराउँछौ भन्ने । आफू अनुकूल निर्णय नभएपछि अन्टसन्ट बोल्ने काम बन्द गरौं । सचिवालयको विधान संशोधन प्रस्ताव ल्याएको छ पोलिटब्युरोले परिमार्जन गरेर सर्वसम्मत पास गरौं।

७ ️. कहिले आफ्नो वरिष्ठ पद ह्टदा टुलुटुलु हेरेर बसे भन्ने र कहिले केपी ओलीलाई औँला ठड्याएर चुनौती दिए भनेर मिडियामा नाम आएका ७० काटेका नेताहरूलाई खुला रूपमा उम्मेदवार बन्न हौसला दिने प्रस्ताव सचिवालयबाट आएको छ । त्यस्तो आग्रह नराखी उहाँहरुलाई नै प्रतिस्पर्धा गर्ने वातावरण बनाउने फराकिलो निर्णय गर्ने हिम्मत गर्न केपी ओलीजस्तै विशाल छाती चाहिन्छ।

८. अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अ्मरेस सिंहले भन्ने । चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ बाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधि तत्व सल्बलिएका छन्, घुस्न दिनु हुन्न । अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ।

९. एमालेभित्र नेतृत्वको र पार्टीको पक्षमा उभिंदा असक्षम बनाउने र खुइल्याउने रोग बढेको छ । जति सुकै असक्षमको ट्याग लागे पनि परिभाषित काममा आफ्नो क्षमता प्रदर्शन गरौंला ।हाल अध्यक्षको विकल्प तयार नभएकाले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताव गर्दछु ।

विधानसम्बन्धी सुझाव ।

१ स्थायी कमिटीको सङ्ख्या २५ पुर्‍याउने ।
२ उपत्यका विशेष कमिटी गठन गर्ने ।
३ ️प्रवासमा युवा, विद्यार्थी, मजदुर र महिला कमिटी विस्तार गर्ने ।
४ तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन गर्ने ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
१३ घण्टाअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१४ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१८ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
१८ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
१८ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
१९ घण्टाअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०