१६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा सिंगापुरले नेपालसामु ११४ रनको लक्ष्य दिएको छ ।
मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा अलआउट हुँदै ११३ रन बनाएको छ ।
नेपाल घरेलु टोली मलेसियालाई हराउँदै फाइनल पुगेको थियो भने सिंगापुरले हङकङलाई हराएको थियो ।
प्रतियोगितामा नेपाल अपराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार बेहोरेको छ ।