सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० असार, २०८२
१ वर्षअघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त लगानी भएर सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्ने बताएका छन् ।

झापाको हल्दिबारी गाउँपालिकालाई आज यहाँ आयोजित पूर्णसाक्षर पालिका घोषणा गर्दै लिङ्देनले सरकारले सामुदायिक विद्यालयमा प्रशस्त लगानी गरे पनि नतिजा खस्किनुको कारण खोज्नुपर्ने समय आएको बताए । “कहाँ कमजोरी भयो, यति धेरै लगानी गरेर पनि सामुदायिक विद्यालयको परिणाम कमजोर हुनुको कारण के हो ?”, उनले भने, “निजी विद्यालयभन्दा किन कमजोर छ ?”

Advertisement

भौतिक पूर्वाधारदेखि शिक्षक तथा कर्मचारीको तलब, तालिम सबै विषयमा निजीभन्दा सामुदायिक विद्यालय पहुँचयोग्य रहेका बताउँदै सङ्घीय सांसदसमेत रहनुभएका लिङ्देनले शिक्षक अभाव भएका ठाउँमा पालिकाहरूले निजी स्रोतबाट शिक्षक नियुक्त गरेको आफूले पाएको उल्लेख गरे ।

“भवन नभएर वा तलब नपुगेर वा तालिम नभएर कारण के होकि, कमजोरी र कारणहरू हामीले खोज्नुपर्छ”, उनले भने, “हाम्रो देश कस्तो बनाउने भन्ने कुरा अहिले उत्पादन भएका विद्यार्थीबाटै हो, आगामी भविष्य र नेपाल कस्तो हुन्छ भन्ने हामीले उत्पादन गर्ने विद्यार्थीले निर्धारण गर्छन् ।” आगामी दिनमा देश राम्रो÷नराम्रो जस्तो बने पनि त्यसको जस र अपजस शिक्षकले पनि लिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा शैक्षिकसत्र २०८१ को एसइई परीक्षमा हल्दिबारीबाट उत्तीर्ण भएका तीन सय आठ विद्यार्थीमध्ये उत्कृष्ट ३२ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । प्रमुख अथिति लिङ्देन, गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायतले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरे।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले एसइईमा नगरका सामुदायिक विद्यालयबाट दुई सय ८९ र निजीबाट एक सय ७८ गरी चार सय ६७ विद्यार्थी सहभागी भएकामा सामुदायिकबाट एक सय ३८ र निजीबाट एक सय ७० जना उत्तीर्ण भएका जानकारी दिए । उनले गत वर्षभन्दा उत्तीर्ण प्रतिशत वृद्धि भएको बताउँदै गत वर्ष सामुदायिक विद्यालयमा उत्तीर्ण प्रतिशत २७ रहेकामा यस वर्ष बढेर ४८ पुगेको बताए ।

कार्यक्रममा गाउँपालिकाले तयार पारेको गाउँ शिक्षा योजना पुस्तिका सार्वजनिक गरिएको छ । गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जनककुमारी राईले शिक्षा क्षेत्रको सुधारका लागि पञ्चवर्षीय गाउँ शिक्षा योजना पुस्तिका तयार पारिएको बताए । गाउँपालिकामा साक्षरता दर ९५ प्रतिशत रहेको प्रमुख राईले बताए ।

त्यस्तै, हल्दिबारीलाई पूर्णखोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
१३ घण्टाअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१५ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१८ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
१९ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
१९ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
१९ घण्टाअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०