सर्वोच्च अदालत पुगेका मुकुल ढकालको माग : मलाई रास्वपाको महामन्त्रीमा कायम राख्नुपर्छ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ असार, २०८२
२ हप्ताअघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन् ।

आफूलाई महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै ढकाल बिहीबार सर्वोच्च अदालत गएका हुन् ।

ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका हुन् ।

न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ ।

रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेका ढकालले आफूले मूलत: दुईवटा माग राखेको बताए ।

‘पार्टीले कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीमा मनोनयन गरेको छ, मनिष झालाई प्रवक्ता बनाउने निर्णय गरेको छ’, उनले भने, ‘तर, निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा म नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत राख्नु भन्ने माग राखेर अदालतमा गएको हुँ ।’

तर, सर्वोच्च अदालतको वेवसाईटमा भने ढकालको रिट निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाएको देखिंदैन । त्यसबाहेक रास्वपामा आफूलाई महामन्त्रीको रुपमा काम गर्न नदिइएको भन्दै उनले महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने अर्को माग पनि राखेको बताए ।

उनले त्यसका लागि रास्वपा, त्यसको केन्द्रीय कार्यसमिति, कारागारमा रहेका सभापति रवि लामिछाने महामन्त्रीमा नियुक्त कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाएका हुन् ।

निर्वाचन आयोगले गतसाता ढकालका नाममा एक पत्र पठाइ उनी नै रास्वपाका महामन्त्री रहेको विवरण उपलब्ध गराएको थियो ।

निर्वाचन आयोगको सूचना सार्वजनिक भएलगत्तै रास्वपाले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

त्यसका साथै उसले फेरि अर्को विवरण आयोगमा पठाएको छ, जुन अहिलेसम्म अद्यावधिक भएको छैन ।

प्रकाशित समय: बिहिबार १२ असार, २०८२, १२:३२:१०
विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम
शुक्रबार २७ असार, २०८२
खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड
शुक्रबार २७ असार, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो
शुक्रबार २७ असार, २०८२
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०