बालुवाटारमा एमाले र कांग्रेसका शीर्षनेताहरुबीच बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ असार, २०८२
१ वर्षअघि

सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच बुधबार साँझ बालुवाटारमा दुई पक्षीय छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत शीर्षनेताहरु सहभागी अनौपचारिक बैठकमा संसदमा विचाराधीन कतिपय विधेयकहरु र सरकारले अगाडि बढाउनुपर्ने कामहरुका विषयमा छलफल भएको सहभागी नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजू राणा, गृहमन्त्री रमेश लेखक र ऊर्जामन्त्री दीपक खड्का लगायतको उपस्थिति थियो।

‘बैठकमा विशुद्ध सरकारको बिजनेसबारे छलफल भयो’ बालुवाटारको छलफलमा सहभागी एक मन्त्रीले भने, ‘विशेष गरी निजामति सम्बन्धी विधेयकमा देखिएको कुलिङ पिरियड लगायतको विवाद, शिक्षा विधेयक र जलस्रोत विधेयकका बारेमा कुराकानी भयो ।’

सरकारले बजेटमार्फत अगाडि बढाएको हाइड्रोसम्बन्धी नीति र व्यवसायीहरुको गुनासो सम्बन्धमा पनि छलफल भएको सहभागी नेताकाे भनाइ छ ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे प्रतिनिधिसभामा छलफल चलिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको अवरोधका बावजुद सभामुखले बैठक अगाडि बढाइरहेका छन् ।

बुधबार भने सहमतिका लागि दलहरुलाई गृहकार्य गर्ने समय दिएको जनाउँदै सभामुखले बैठक राखेका थिएनन् । तर, सभामुखले समय दिए पनि सत्ता पक्ष र प्रतिपक्षबीच भने छलफल हुन सकेको छैन ।

यसैबीच, विगतमा शिक्षकहरुसँग भएको सहमतिअनुसार सरकार आगामी असार १५ भित्रै शिक्षा विधेयक पारित गर्नुपर्ने दबावमा छ । त्यसैगरी यसै अधिवशेनबाट निजामति कर्मचारीसम्बन्धी विधेयक पारित गर्नैपर्ने सरकारमाथि दबाव छ ।

रास्वपा र राप्रपाले संसद अवरुद्ध पारे पनि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भने दुई बुँदे सहमति गरेर संसदलाई अवरोध नगर्ने सहमति जनाएको छ ।

भिजिट भिसा प्रकरणमा एक महिनाभित्र छानविन समिति बनाउने गृहमन्त्री रमेश लेखकले संसदबाट प्रतिवद्धता जनाएका छन्।

प्रकाशित समय: बुधबार ४ असार, २०८२, २१:२८:०७

सम्बन्धित खबर

सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा

शनिवार १० असोज, २०८३
१ घण्टाअघि

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन

शुक्रबार ९ असोज, २०८३
१७ घण्टाअघि

 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

शुक्रबार ९ असोज, २०८३
१८ घण्टाअघि

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शुक्रबार ९ असोज, २०८३
२० घण्टाअघि

एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार ९ असोज, २०८३
२१ घण्टाअघि

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द

शुक्रबार ९ असोज, २०८३
२२ घण्टाअघि
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०