प्रधानमन्त्री ओली बिम्स्टेक को छैटौं शिखर सम्मेलनमा सहभागी हुन आज थाइल्याण्ड जाँदै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ चैत, २०८१
३ हप्ताअघि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड जाने छन्।

ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ। बैंककमा रहँदा उनले शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मंगलबार थाइल्याण्ड गएर प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्।

भ्रमणअघि ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसहित शीर्ष नेतासँग छलफल गरेका थिए। आइतबार भएको छलफलमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरु उपेन्द्र यादव, ईश्वर पोखरेल, रघुवीर महासेठ, डा भेषबहादुर थापा, रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा प्रकाशशरण महत, नारायणप्रकाश साउद, डा विमला राई पौड्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए।

थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ।

प्रकाशित समय: मङ्गलबार १८ चैत, २०८१, ०७:३२:१२

सम्बन्धित खबर

जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१३ घण्टाअघि

काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१६ घण्टाअघि

शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२२ घण्टाअघि

चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२२ घण्टाअघि

नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित

सोमबार ८ ब‌ैशाख, २०८२
२ दिनअघि

पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोल ढल्यो, करेन्ट लागेर चार जनाको मृत्यु

सोमबार ८ ब‌ैशाख, २०८२
२ दिनअघि
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित
सोमबार ८ ब‌ैशाख, २०८२
यस्तो बन्यो ‘महाभोज’ को पोस्टर
सोमबार ८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०