मुख्यमन्त्री कप महिला भलिबल फागुन ११ देखि

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ७ फाल्गुण, २०८१
२ वर्षअघि

झापा । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता फागुन ११ गतेदेखि सुरु हुने भएको छ । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजनामा हुने प्रतियोगिता फागुन ११ देखि १६ गतेसम्म दमकमा हुने छ ।

बुधबार दमकमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसबारे जानकारी दिएको हो । महासंघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा उक्त प्रतियोगिता हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता र प्रतिभा देखाउने अवसर प्रदान गर्ने बताए ।

बोर्डले हरेक वर्ष विभिन्न खेलको प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै बस्नेतले खेल प्रतियोगिताको निरन्तर आयोजनाले खेलाडीको प्रतिभामा निखार आउने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै, महासंघ कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले महिला भलिबल खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रगति गर्दै गएकोले स्थानीयस्तरमा समेत खेलाडीहरूलाई अवसर उपलब्ध गराउने किसिमले प्रतियोगिताको आयोजना गर्ने तयारी गरिरहेको बताए ।

थापाले महासंघ कोशी प्रदेशले गत वर्ष ‘केपी ओली रोड रेस’ प्रतियोगिता आयोजना गरेको बताउँदै कमिटीले महासंघको ‘एक कमिटी, एक खेल गतिविधि’ अनुरूप प्रतियोगिता आयोजना गर्ने तयारी गरेको जानकारी दिए ।

प्रतियोगितामा सातवटा प्रदेश र तीन विभागीय आर्मी, पुलिस र सशस्त्रको टोली गरी १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो टोलीले क्रमश: पाँच लाख, तीन लाख र एक लाख ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित समय: बुधबार ७ फाल्गुण, २०८१, १९:०८:३४

सम्बन्धित खबर

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
१७ घण्टाअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
१ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
१ दिनअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
२ दिनअघि

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
२ दिनअघि

बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट

सोमबार २२ भदौ, २०८३
२ दिनअघि
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०