विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेसनल टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् ।
मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बिहीबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सबै विकेट गुमाई ९० रनमा सीमित भयो ।
जवाफमा लुम्बिनीले १६ दशमलव १ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टायो ।
आजको अर्को खेलमा मधेस प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३ विकेटले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय १७ रन बनाएको थियो ।
जवाफमा मधेसले १९ दशमलव तीन बलमा सात विकेट गुमाई लक्ष्य पार गर्यो ।
अब, शुक्रबार (भोलि) को पहिलो खेल सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी तथा दोस्रो खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् ।