राष्ट्रपति रनिङ शिल्डमा जनक मेमोरियल बन्यो प्रथम, जित्यो १० स्वर्णसहित १९ पदक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ माघ, २०८०
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा सम्पन्न पालिकास्तरीय १६औं राष्ट्रपति रनिङ शिल्डमा जनक मेमोरियल प्रथम बनेको छ ।

ग्रामथान–३ सिद्राहास्थित वाणी माध्यमिक विद्यालयमा भएको रनिङ शिल्डमा जनक मेमोरियलले १० स्वर्ण, सात रजत र दुई कास्य गरी १९ पदक जित्यो ।

ग्रामथान गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको रनिङ शिल्ड बिहीबारदेखि सुरु भएको थियो ।

फाइनल खेल र पुरस्कार वितरण कार्यक्रम भने आइतबार गरिएको थियो, जसका विभिन्न विधामा जनक ग्रामथानभित्र १३ वटा संस्थागत र सामुदायिक विद्यालयलाई उछिन्दै प्रथम बनेको हो ।

जनकले छात्रा ३००० र १५०० मिटर दौडमा गोल्ड मेडल जितेको थियो, जनककी इशिका चौधरीले दौडतर्फ दुई स्वर्ण दिलाइन् ।

इस्तै, छात्रतर्फ १०० मिटरमा दौडमा पुकार चौधरी र ४०० मिटर दौडमा प्रभुनारायण माझीले स्वर्ण दिलाए ।

सर्ट पुट गर्ल्सतर्फ सन्ध्या चौधरीले गोल्ड जित्दा छात्रातर्फको लङ जम्पमा बसुन्धरा चौधरीले स्वर्ण जितिन् ।

उनले
छात्रातर्फको हाई जम्पमा पनि गोल्ड मेडल जितिन् ।

यसैगरी, छात्रातर्फको भलिबलमा जनकले स्वर्ण पदक जित्दा छात्रतर्फ ट्रिपल लङ जम्पमा ड्रोबिन चौधरीले गोल्ड मेडल हात पारे ।

छात्रतर्फ सय मिटरको रिले दौडमा पनि जनक प्रथम स्थान हासिल गर्‍यो ।

यस्तै, प्रभास चौधरीले जनकलाई दुई रजत पदक दिलाउँदा प्रभुनारायण माझी, मिलिन चौधरी, सन्ध्या खाँले एक–एक सिल्भर मेडल दिलाए ।

छात्रतर्फको कबड्डीमा र छात्रतर्फकै ४०० मिटरको रिले दौडमा जनकले रजत पदक जितेको थियो ।

यसैगरी, जनकका हिमेश माझीले २०० मिटरको दौडमा तेस्रो स्थान हासिल गर्दा छात्रतर्फ सय मिटरको रिले दौडमा कास्य पदक जित्यो ।

उनीहरूलाई प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, गाउँपालिका उपाध्यक्ष गुणावतीदेवी थारू, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईलगायतले पुरस्कृत गरे ।

यससँगै ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित जनक मेमोरियलले पठनपाठनका अलाबा अतिरिक्त क्रियाकलापमा पनि आफू उत्कृष्ट रहेको साबित गरेको छ ।

प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रममा खेलाडीलाई हौसला प्रदान गर्न जनकका प्रिन्सिपल सुनील भगत, लेखा अधिकृत आलोक अधिकारी, खेल प्रशिक्षक करणकुमार माझी तथा शिक्षक-शिक्षिकाको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: आईतबार २१ माघ, २०८०, १६:२९:४८

सम्बन्धित खबर

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
५ घण्टाअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
८ घण्टाअघि

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग

सोमबार ११ साउन, २०८३
११ घण्टाअघि

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण

सोमबार ११ साउन, २०८३
१४ घण्टाअघि

देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु

सोमबार ११ साउन, २०८३
१६ घण्टाअघि

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
२० घण्टाअघि
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०