‘बी’ डिभिजन लिग: भगवती, सरस्वती र ब्वाईज युनियनको सुखद सुरुआत

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ फाल्गुण, २०७८
५ वर्षअघि

ब्वाइज युनियन, सरस्वती र श्री भगवती क्लबले आ–आफ्नो खेलमा जित दर्ता गर्दै आजबाट सुरु भएको ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गरेका छन् ।

आजबाट सुरु भएको ‘बी’ डिभिजन लिगमा तीन खेल भएका थिए ।

Advertisement

आज सम्पन्न पहिलो खेलमा श्री भगवती क्लब र झम्सीखेल युथ क्लब आमनेसामने भएका थिए ।

ललितपुरस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा भएको खेलमा भगवतीले झम्सीखेललाई ३–१ गोलान्तरले पराजित गर्यो ।

भगवतीलाई जिताउन अनिल गुरुङ, रमेश राई र मिलन खड्काले समान एक–एक गोल गरे ।

पहिलो हाफमा मन कुमार राईले गोल गर्दै झम्सिखेललाई एक–एकको गोलको बराबरीमा ल्याए पनि दोस्रो हाफमा कुनै गोल गर्न नसकेपनि झम्सिखेललले पहिलो खेलमा नै अङ्क गुमाएको हो ।

आजै सम्पन्न दोस्रो खेलमा बाँसबारी क्लबको सुरुवाती अग्रता उल्ट्याउँदै सरस्वती युथ क्लबले खेलमा बाजी मारेको छ ।

खेलको छैटौं मिनेटमा नै बिक्की राईले गोल गर्दै बाँसबारीलाई सुरुवातीलाई अग्रता दिलाए पनि खेललाई नियन्त्रणमा लिन सफल सरस्वती स्पष्ट तीन अङ्क जोड्न सफल भयो ।

सरस्वतीका लागि २१औं मिनेटमा विक्रम बिसुङ्खे, ८७औं मिनेटमा सृजल लामा र अतिरिक्त समयमा भुपेन्द्र शाहीले गोल गर्दै बाँसबारीलाई पाखा लगाए ।

‘बी’ डिभिजन अन्तर्गत आजै भएको अन्तिम खेलमा ब्वाइज युनियनले विरगञ्ज युनाइटेडलाई १–० ले स्तब्ध बनायो ।

दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफको ६४औं मिनेटमा ब्वाइजका लागि मिलन लिम्बू गोल गर्न सफल भए ।

लिम्बूको एकमात्र गोल नै खेलको निर्णायक गोल बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा जित निकाल्दै ब्वाइजले स्पष्ट तीन अङ्क हात पार्दा विरगञ्जले भने हारबाट लिग प्रारम्भ गरेको छ ।

‘बी’ डिभिजन लिगमा भोलि ‘बिहीबार’ पनि तीन खेल हुँदैछन् ।

पहिलो खेलमा चर्च ब्वाइजले टुसाल युथ क्लबको सामना गर्दा दोस्रो खेलमा श्री कुमारी र नयाँबस्ती आमनेसामने हुँदैछन् ।

भोलि नै हुने तेस्रो खेलमा भने रानीपोखरी कर्नर टीम (एनआरटी) र खुमलटार युथ क्लब भिड्दैछन् ।

१४ क्लब सहभागी लिगका शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछन् भने अङ्कतालिकाको पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

‘बी’ डिभिजन लिगका सबै खेल सिङ्गल राउन्ड रोबिन लिगको आधारमा हुनेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०