विश्वकै खराब सूचीमा नेपालको राहदानी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ पुस, २०७८
२ वर्षअघि

विश्वकै सबैभन्दा कमजोर सूचीमा नेपालको राहदानी परेको छ ।

विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) द्वारा बुधबार सार्वजनिक गरिएको सूचीअनुसार नेपालको राहदानी विश्वका खराब १० राष्ट्रमा परेको छ ।

सन् २०२२ मा अन्तर्राष्ट्रिय हवाई संघ (आइएटिए) को तथ्याङ्कको आधारमा १११ वटा मुलुकमध्ये जापान र सिङ्गापुरको राहदानी सबैभन्दा शक्तिशाली भएको जनाइएको छ ।

१९२ मुलुकमा जापान र सिंगापुरका राहदानीबाहकले अनअराइभल भिसा पाउँछन् भने जर्मनी र दक्षिण कोरियाका राहदानी बाहकले १९० मुलुकमा सहजै आवतजावत गर्न पाउँछन् ।

सार्वजनिक भएको उक्त सूचीमा अमेरिका, बेलायत, इटाली, स्पेन, पोर्चुगल र स्वीजरल्यान्ड १० शक्तिशाली राहदानीमा परेका छन् ।

संसारकै कमजोर राहदानी अफगानिस्तानको रहेको सो सूचीमा उल्लेख गरिएको छ । उक्त देशका राहदानी बाहकले विश्वका २६ देशमा मात्र अनअराइभल भिसा पाउँछन् । त्यसैगरी नेपाल र प्यालेस्टिनी क्षेत्रका मुलुकका राहदानी बाहकले विश्वका ३७, इराक २८, सिरिया २९, पाकिस्तान ३१, यमन ३३, सोमालीया ३४ मुलुकमा अनअराइभल भिसा पाउँछन् ।
सन् २००६ देखि निरन्तर हेन्ली एण्ड पार्टनर्स कम्पनीले विश्वका शक्तिशाली राहदानीको सूची सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित समय: बुधबार २८ पुस, २०७८, २२:१९:३०
पेस्तोल हराएपछि अनुसन्धानमा तानिए वरिष्ठ सई
बुधबार १२ ब‌ैशाख, २०८१
धनकुटामा फस्टायो नरिवल बिस्कुटका उद्योग
बुधबार १२ ब‌ैशाख, २०८१
एन्फा महिला लिग : गण्डकीलाई हराउँदै शीर्ष स्थानमा कोशी
बुधबार १२ ब‌ैशाख, २०८१
रतुवामाई नगरपालिकाले राहत सामग्री बगरमा गाडेको विषयमा सांसद उप्रेतीको चासो
बुधबार १२ ब‌ैशाख, २०८१
बोलेरोसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
बुधबार १२ ब‌ैशाख, २०८१
सडक बत्तीको विषयमा स्थानीय तह र विद्युत् प्राधिकरणबीच किचलो
मङ्गलबार ११ ब‌ैशाख, २०८१
विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक
सोमबार १० ब‌ैशाख, २०८१
एक महिनापछि निकालियो मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल
सोमबार १० ब‌ैशाख, २०८१
कतारका राजा आउने दिन सार्वजनिक बिदा
सोमबार १० ब‌ैशाख, २०८१
भूत-प्रेत लागेको ठानेर सुत्केरी व्यथाले च्यापेको एक दिनपछि अस्पताल पुगेकी सुत्केरीको मृत्यु
सोमबार १० ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०