एपिएफको लगातार दोस्रो जित, सेमिफाइनल सम्भावना बलियो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
५ वर्षअघि

काठमाडाैँमा जारी प्रधानमन्त्री (पिएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । मङ्गलबार भएको खेलमा एपिएफले वाग्मती प्रदेशलाई ७ विकेटले हराउँदै दोस्रो जित निकालेको हो ।

समूह ‘बी’ को वाग्मतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले हराएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा वाग्मतीले दिएको एक सय २६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १८ दशमलव चार ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

एपिएफका लागि लोकेश बमले ५० रनको अर्धसतकिय इनिङ्स खेले भने प्रदीप ऐरीले अविजित ३६ रन बनाए । वाग्मतीका प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले एक-एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २५ रन बनाएको थियो । वाग्मतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रन बनाए भने नन्दन यादवले २४, सुवास खकुरेलले २१ र आदिल खानले १९ रन बनाए ।

एपिएफका अविनास बोहराले चार विकेट लिए भने कमल ऐरीले दुई तथा शरद भेषावकर र किशोर महतोले एक एक विकेट लिए ।

जितसँगै चार अङ्क बनाएको छ । एपिएफ समूहको शीर्ष स्थानमा छ । पहिलो हार खेपेको वाग्मतीसँग दुई अङ्क छ ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, १७:०८:२६
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०