रवान्डाकी रेफ्री सालिमा मुकानसङ्ग अफ्रिकन कप अफ नेसन्सका खेल खेलाउने पहिलो महिला रेफ्री बनेकी छन् । ३३ वर्षीया सालिमाले यसअघि महिला विश्वकप, अफ्रिका वुमन्स कप अफ नेसन र काफ वुमन्स च्याम्पियन्स लिग खेलाएकी थिइन् ।
यस्तै, उनले २०२० को ओलम्पिक गेम्स, २०१८ को वुमन्स यु–१७ विश्वकपमा रेफ्रीको भूमिकामा काम गरेकी थिइन् । त्यसबाहेक रवान्डन प्रिमियर लिग खेलाएकी सालिमा जारी संस्करको अफ्रिकन कप अफ नेसन्स खेलाउने मौका पाएकी हुन् ।