अल्मुताइरीले जगजित र आशिषलाई टोलीमा बोलाए, सन्तोष तामाङ ‘आउट’

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ पुस, २०७८
५ वर्षअघि

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अफ्रिकी राष्ट्र मोरिससविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने टिममा हेरफेर गरेका छन् ।

उनले आइतबार जगजित श्रेष्ठ र आशिष राईलाई टोलीमा बोलाउँदै सन्तोष तामाङलाई ‘आउट’ गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

Advertisement

यसअघि अल्मुताइरीले बन्द प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमा जगजित र आशिष परेका थिएनन् । जगजितले विभागीय टिम त्रिभुवन आर्मी क्लबबाट र आशिषले च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलिरहेका छन् ।

यस्तै, अल्मुताइरीले त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङलाई टोलीबाहिर राखेका छन् । ‘ए’ डिभिजन लिग खेल्ने क्रममा घाइते भएपछि तामाङ टोलीबाट आउट भएको एन्फाले जनाएको छ । यससँगै अब नेपाली टोली ३५ सदस्यीय भएको छ ।

नेपालले जनवरी २९ र फेब्रुअरी १ मा मोरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने एन्फाले जनाएको छ । मोरिसस फिफा वरीयतामा नेपालभन्दा तीन स्थान तल छ । नेपाल एक सय ६९औँ स्थानमा रहँदा मोरिसस एक सय ७२औँ स्थानमा छ ।

नेपाली खेलाडीहरू

विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रन्त चुन्जु, अनिश डाँगी, नवीन गुरुङ, नीतिश थापा, पुजन उपरकोटी, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यू ठकुरी, सुशील राई र तेज तामाङ

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०