के गर्लान् डेम्बेले ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० पुस, २०७८
५ वर्षअघि

स्पेनिस क्लब बार्सिलोनाले आफ्ना फ्रान्सेली फरवार्ड ओसमान डेम्बेलेलाई आफ्नो भविष्यबारे आफैं निर्णय गर्न अल्टिमेटम दिएको छ ।

२०२२ जुन अन्तिममा डेम्बेलेको बार्सिलोनासँगको सम्झौता सकिँदैछ । चोटका कारण आफूलाई बार्सिलोनामा खासै साबित गर्न नसकेको डेम्बेलेको अबको भविष्य के हुन्छ ? यसको उत्तर डेम्बेले र उनका प्रतिनिधिलाई मात्रै थाहा छ ।

Advertisement

‘हामीले हाम्रो प्रस्ताव वहाँहरुलाई सुनाइसकेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ’ बार्सिलोनाका फुटबल निर्देशक माटेउ अलेमानी भन्छन्, ‘हाम्रो अवस्थाबारे वहाँहरुलाई थाहा छ । वहाँलाई क्लबमा राख्न हामीले सक्ने सबै गरेका छौँ, बाँकी डेम्बेलेका इच्छा !’

क्लब र डेम्बेलेको प्रतिनिधिबीच पटक–पटक छलफल भएपनि त्यसले निष्कर्ष निकाल्न सकिरहेको छैन ।

बार्सिलोनाले गरेको प्रस्तावमा डेम्बेले सन्तुष्ट हुन नसके क्लबले उसलाई तुरुन्त बिक्री गर्ने सम्भावना रहेको छ । सम्झौता सकिएर फ्रि ट्रान्सफरमा खेलाडी पठाउन भन्दा थोरै भएपनि रकम क्लबको खातामा भित्र्याउने दाउमा बार्सिलोना रहेको छ ।

डेम्बेलेलाई बेच्न सके भर्खरै मात्र क्लबमा भित्रिएका फेरान टोरेसलाई बार्सिलोनाका खेलाडीका रुपमा ला लिगामा दर्ता गर्न क्लबलाई सजिलो हुनेछ । त्यसैले पनि क्लबले डेम्बेलेलाई चाँडो निर्णय लिन दबाब दिइरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०