पहिलो हाफमा चेल्सी र लिभरपुलको रोमाञ्चक बराबरी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ पुस, २०७८
५ वर्षअघि

स्टामफोर्ड ब्रिजमा सकिएको पहिलो हाफ घरेलु टाेली चेल्सी र लिभरपुलले २–२ गाेलकाे राेमाञ्चक बराबरी खेलेका छन् ।

लिभरपुलकाे सुरूवाती २ गाेलकाे अग्रता उल्ट्याउदै चेल्सी बराबरी गर्न सफल भएकाे हाे । लिभरपुललाई अग्रता दिलाउन साडिओ मानेले खेलको नवौं र मोहम्मद सलाहले २६औं मिनेटमा गोल गरे ।

चेल्सीका डिफेन्डर चलोबाले गरेको गल्तीको फाइदा उठाउदै मानेले खाली पोस्टमा सुन्दर गोल गरेका थिए । लिभरपुलका जोटाको बललाई हेड गर्दै क्लियर गर्ने क्रममा असफल भएपछि मानेले गोल गर्ने अवसर पाएका थिए ।

त्यसपछि केही आक्रमक देखिएको चेल्सीले लिभरपुलको पोस्टमा केही प्रयास गरे पनि सफल हुन सकेन ।

चेल्सी असफल रहँदा लिभरपुल भने आफ्नो अग्रता बनाउन दोब्बर बनाउन सफल भयो । अर्नाल्डको पासलाई कट ब्याक गर्दै सलाहले आकर्षक गोल गरेका थिए ।

त्यसपछि खेलमा लगातार फर्कन प्रयासरत चेल्सी खेलको ४२औं मिनेटमा पहिलाे गोल फर्काउन सफल भयो । चेल्सीका लागि माटियो कोभासिकले सुरूवाती गोल गरे ।

अलोन्सोले प्रहार गरेको फ्रिकिक लिभरपुलका गोलरक्षक केलिहरले पन्च गरेपछि आएको रिबन्डमा कोभासिकले गोल गर्दै खेलमा फर्कने सङ्केत गरेका थिए ।

पहिलो गोल गरेपछि निकै हौसिएको चेल्सीले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा नै बराबरी गोल फर्काउन सफल भयो । डिफेन्डर रूडिगरले मिडफिल्डमा जितेको बलबाट सुरु भएको मुभलाई कान्टेले सुन्दर क्रस निकाल्दै सहज बनाइदिएका थिए ।

कान्टेको क्रसमा क्रिश्चियन पुलिसिकले आकर्षक गोल गर्दै पहिलो हाफमा अग्रता लिने लिभरपुलको चाहनालाई छताछुल्ला बनाइदिएका थिए ।

 

प्रकाशित समय: आईतबार १८ पुस, २०७८, २३:१४:३१

सम्बन्धित खबर

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
३ घण्टाअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
४ घण्टाअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
२४ घण्टाअघि

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
१ दिनअघि

बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट

सोमबार २२ भदौ, २०८३
१ दिनअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ दिनअघि
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०