नयाँ वर्ष शुभकामनामा सन्देशमा युनाइटेडको ‘आलोचना’, व्यक्तिगत उपलब्धिको बिस्कुन !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ पुस, २०७८
५ वर्षअघि

क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा शुभकामना दिँदै परिवारसहितको एउटा फोटो पोस्ट गरे ।

जहाँ पोर्चुगिज स्टारले २०२१ को सार–संक्षेप वर्णन गर्न भ्याए तर वर्तमान क्लब म्यानचेस्टर युनाइटेडको भने खुलेरै आलोचना गरे भने आफ्ना उपलब्धि खुलेरै सुनाए ।

Advertisement

‘२०२१ आयो र सकियो,’ उनले लेखेका छन्, ‘यो सहजभन्दा टाढा रहेको वर्ष बन्यो मेरा लागि । सबै प्रतियोगिता गरी ४७ गोल गरेँ । दुई भिन्न क्लब र पाँच फरक प्रशिक्षक । राष्ट्रिय टिमबाट एउटा युरो फाइनल चरण खेलेँ र विश्वकप छनोट अझ बाँकी नै छन् ।’

‘युभेन्टसबाट इटालियन कप र इटालियन सुपर कप जित्दा गर्व महसुस गरेँ र सिरी ‘ए’मा शीर्ष गोलकर्ता बनेँ,’ उनले लेखेका छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा पोर्चुगलका लागि म युरो कपै सर्वाधिक गोलकर्ता बनेँ । र, पक्कै पनि, ओल्ड ट्राफोर्ड पुनरागमन मेरो करिअरकै सबैभन्दा महत्त्वपूर्ण बन्यो ।’

तथापि, उनले युनाइटेडको पछिल्लो प्रदर्शनबाट आफू खुसी नभएको बताउँदै क्लबको आलोचना गरे ।

‘तर म अहिले युनाइटेडले हासिल गरिरहेको उपलब्धिबाट खुसी छैन’, उनले लेखेका छन्, ‘मलाई थाहा छ हामी कोही पनि खुसी छैनौँ । हामीलाई थाहा छ हामीले अझै कठिन कार्य गर्नु छ, उत्तम खेल्नु छ र अहिले दिएको भन्दा उत्कृष्ट दिनु छ ।’

युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । तर घरेलु लिगमा भने ऊ शीर्ष चारका लागि सङ्घर्षरत छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०