‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए

माधव काफ्ले
शुक्रबार ११ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । मोरङ बूढीगंगा गाउँपालिका–४ प्रगति टोलका ५५ वर्षीय ज्योति अधिकारी शुक्रबार आफ्नो ज्यान बचाइदिन हारगुहार गर्दै थिए ।

बूढीगंगा–४ प्रगति टोलस्थित आफ्नै किराना पसलको डिलमा देब्रे खुट्टा पसारेर ज्यानको भिख मागिरहेका अधिकारीको दाहिने खुट्टा भने भारी मार्वल स्टोनले थिचिएको थियो ।

Advertisement

नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्रेनको सहायतामा मार्वल स्टोन निकालेर अधिकारीको उद्दार गर्ने प्रयत्न गरिरहँदा उनी भन्थे, ‘छिटो ढुंगा हटाइदेओ, मलाई बचाओ ।’

पछि ड्रिल मेसिन ल्याएर अधिकारीको उद्दारमा प्रयासमा जुटेको प्रहरीले अन्तत: करिब ६ घण्टामा सफलता प्राप्त गर्‍यो ।

तर, आफू बाँचे पनि अधिकारीले आफ्ना कलिला दुई सन्तान गुमाउनु पर्‍यो ।

आज बिहान साढे ७ बजेबाट आफ्नो दुखाई बिर्सिएरै भए पनि सन्तान गुमाउनुको भित्रि चोट सहेर बसेका थिए, अधिकारी ।

करिब पाँच घण्टा अक्सिजनको सहारामा बसेका उनी अहिले विराट मेडिकल टिचिङ हस्पिटलमा उपचाररत छन् ।

‘करिब–करिब २५ टनजत्तिको मार्वलले उहाँको दाहिने खुट्टा किचिएको थियो, अक्सिजनको सहारामा आफ्नो ज्यान बचाइदिन आग्रह गरिरहनुभएको थियो,’ बूढीगंगा–४ का वडाध्यक्ष शशिकान्त चौधरी भन्छन्,‘बल्लतल्ल उहाँको उद्दार भयो । अहिले उपचाररत हुनुहुन्छ ।’

अधिकारीको नेमुवास्थित स्वस्तिक जुट उद्योगनजिक किराना पसल छ । अधिकारी दम्पत्तिले २० वर्षअघि देखि सञ्चालन गर्दै आएको सो पसलअगाडि आज बिहान तीन जना नानीहरू खेल्दै गरेका थिए ।

श्रीमती आशा पोखरेल अधिकारी भान्सामा दाल बसाउँदै थिइन् । ज्योति भने आफ्ना दुई सन्तानसहित छिमेकी बालिकालाई खेलाउँदै थिए ।

कालोपत्रेको काम भइरहेकाले गर्दा सडक साँघुरिएको थियो । नजिकै साइकल राखेर खेलिरहेका बालबालिकालाई जोगाउन खोज्दा हुँइकिँदै आएको मालबाहक लहरी पल्टियो ।

त्यसक्रममा लहरीमा अत्याधिक रूपमा लोड गरिएको मार्वल स्टोनले त्यहाँ रहेका सबैलाई किच्यो ।

जसमा, गम्भीर घाइते बनेका अधिकारीले आफ्ना दुई जुम्ल्याहा सन्तान गुमाउनुपरेको हो, ती सन्तानहरू उनको लामो तपस्याको फल रहेको बताइन्छ ।

दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतिवडाका अनुसार जेठी श्रीमती कल्पना अधिकारीकै सहमतिमा २० वर्षअघि ज्योतिले विवाह गरेका थिए ।

‘पहिलो श्रीमतीबाट सन्तान नभएपछि उहाँले अर्को बिहे गर्नुभएको थियो,’ उपप्रमुख खतिवडा भन्छिन्, ‘जेठी श्रीमती दुहबीमा बस्दै आउनुभएको छ । सल्लाहमै सन्तानका लागि उहाँले दोस्रो विवाह गर्नुभएको थियो । कान्छी श्रीमतीबाट बुढेशकालमा जन्मिएका जुम्ल्याहा सन्तानको भने मार्वल स्टोनले थिचेरै निधन भयो । कस्तो दुःखद् !’

४ नम्बरका वडा सदस्य नुर आलमका अनुसार विभिन्न मठ–मन्दिरको भाकल गरेपछि उनीहरूलाई सन्तान प्राप्ति भएको थियो । ‘निकै संघर्ष गरेर किनेको जग्गामा किराना पसलसहित घर ठड्याएका थिए, उनीहरूले । तर, न घर रह्यो, न रहरलाग्दा दुई सन्तान,’ आलमले भने ।

मोरङ प्रहरीका अनुसार मार्वल लोड गरेको आरजे २९ जिबी १५६१ नम्बरको भारतीय लहरीले अधिकारीको घरमा क्षति पुर्‍यायाउँदा घरभित्र रहेका पाँच वर्षीय निशान अधिकारी र इसिता अधिकारीको मृत्यु भएको हो ।

उनीहरूसँग खेल्न आएकी स्थानीय सञ्जु खवासकी आठ सात वर्षीया छोरी रिया खवासको पनि मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार भारतबाट मार्वल उद्योगका लागि कच्चा पदार्थ लिएर नेमुवाबाट कोयलपुरतर्फ जाने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा जुम्ल्याहा सन्तानका बुबा ज्योति अधिकारी र रियाकी आमा सञ्जु पनि घाइते भएका छन् ।

प्रहरीले दुर्घटनाग्रस्त लहरी र मार्वल स्टोन क्रेनको सहायतामा पन्छाएर शव निकालेको थियो ।

लहरी चालक भने फरार रहेका छन् । लहरीधनी मार्फत् फरार चालकको खोजी भइरहेको डिएसपी दाहलले जानकारी दिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ

शनिवार १३ असार, २०८३
२ घण्टाअघि

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

शनिवार १३ असार, २०८३
६ घण्टाअघि

१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स

शुक्रबार १२ असार, २०८३
१९ घण्टाअघि

बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण

शुक्रबार १२ असार, २०८३
२१ घण्टाअघि

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

शुक्रबार १२ असार, २०८३
२२ घण्टाअघि

सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप

शुक्रबार १२ असार, २०८३
२३ घण्टाअघि
आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ
शनिवार १३ असार, २०८३
विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त
शनिवार १३ असार, २०८३
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
शनिवार १३ असार, २०८३
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता
शुक्रबार १२ असार, २०८३
प्रतिनिधिसभाको बैठकको फेरि सर्‍यो
शुक्रबार १२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०