कोशीमा धान रोपाइँ सुस्त, असारको अन्त्यसम्म ५५ प्रतिशत मात्रै सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३२ असार, २०८३
३ महिनाअघि

विराटनगर । धान रोपाइँको मुख्य समय मानिने असार महिना अन्त्यतिर पुग्दा पनि कोशी प्रदेशमा धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। हालसम्म प्रदेशको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये ५४.८६ प्रतिशत अर्थात् करिब ५५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर धान खेती हुने कुल २ लाख ७६ हजार ३८६.७२ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५१ हजार ६१९.३० हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

Advertisement

जिल्लागत रूपमा सबैभन्दा बढी भोजपुरमा ७५ प्रतिशत धान रोपाइँ भएको छ भने धनकुटामा सबैभन्दा कम २८ प्रतिशत मात्रै रोपाइँ भएको निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत टोनी बर्देवाले जानकारी दिए।

उनका अनुसार खोटाङमा ७१.३६ प्रतिशत, पाँचथरमा ६७ प्रतिशत, इलाममा ६६ प्रतिशत, झापामा ६१.८० प्रतिशत, सोलुखुम्बुमा ५७.५६ प्रतिशत, उदयपुरमा ५५ प्रतिशत, सुनसरीमा ५२ प्रतिशत, तेह्रथुममा ५१.५८ प्रतिशत, ताप्लेजुङमा ४९ प्रतिशत, ओखलढुंगामा ४७.४६ प्रतिशत, मोरङमा ४६ प्रतिशत र संखुवासभामा ३६ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

भौगोलिक क्षेत्रअनुसार मध्यपहाडमा ६१.०९ प्रतिशत रोपाइँ भइसकेको छ भने तराईमा ५३.६६ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४२.५३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

बर्देवाका अनुसार पछिल्लो समय केही जिल्लामा पर्याप्त वर्षा भएपछि धान रोपाइँले गति लिन थालेको छ। तर, केही स्थानमा अझै पनि पानीको अभाव र प्रतिकूल मौसमका कारण रोपाइँ अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

प्रदेशको तराई क्षेत्रमा रहेको १ लाख ९३ हजार २८५.१८ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ३ हजार ७१४.२८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। त्यसैगरी मध्यपहाडी क्षेत्रको ६७ हजार ७१७.५८ हेक्टरमध्ये ४१ हजार ३६६.०७ हेक्टर तथा उच्च पहाडी क्षेत्रको १५ हजार ३८३.९६ हेक्टरमध्ये ६ हजार ५३८.९६ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०