कोशीमा धान रोपाइँ सुस्त, असारको अन्त्यसम्म ५५ प्रतिशत मात्रै सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३२ असार, २०८३
३ महिनाअघि

विराटनगर । धान रोपाइँको मुख्य समय मानिने असार महिना अन्त्यतिर पुग्दा पनि कोशी प्रदेशमा धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। हालसम्म प्रदेशको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये ५४.८६ प्रतिशत अर्थात् करिब ५५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर धान खेती हुने कुल २ लाख ७६ हजार ३८६.७२ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५१ हजार ६१९.३० हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

Advertisement

जिल्लागत रूपमा सबैभन्दा बढी भोजपुरमा ७५ प्रतिशत धान रोपाइँ भएको छ भने धनकुटामा सबैभन्दा कम २८ प्रतिशत मात्रै रोपाइँ भएको निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत टोनी बर्देवाले जानकारी दिए।

उनका अनुसार खोटाङमा ७१.३६ प्रतिशत, पाँचथरमा ६७ प्रतिशत, इलाममा ६६ प्रतिशत, झापामा ६१.८० प्रतिशत, सोलुखुम्बुमा ५७.५६ प्रतिशत, उदयपुरमा ५५ प्रतिशत, सुनसरीमा ५२ प्रतिशत, तेह्रथुममा ५१.५८ प्रतिशत, ताप्लेजुङमा ४९ प्रतिशत, ओखलढुंगामा ४७.४६ प्रतिशत, मोरङमा ४६ प्रतिशत र संखुवासभामा ३६ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

भौगोलिक क्षेत्रअनुसार मध्यपहाडमा ६१.०९ प्रतिशत रोपाइँ भइसकेको छ भने तराईमा ५३.६६ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४२.५३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

बर्देवाका अनुसार पछिल्लो समय केही जिल्लामा पर्याप्त वर्षा भएपछि धान रोपाइँले गति लिन थालेको छ। तर, केही स्थानमा अझै पनि पानीको अभाव र प्रतिकूल मौसमका कारण रोपाइँ अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

प्रदेशको तराई क्षेत्रमा रहेको १ लाख ९३ हजार २८५.१८ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ३ हजार ७१४.२८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। त्यसैगरी मध्यपहाडी क्षेत्रको ६७ हजार ७१७.५८ हेक्टरमध्ये ४१ हजार ३६६.०७ हेक्टर तथा उच्च पहाडी क्षेत्रको १५ हजार ३८३.९६ हेक्टरमध्ये ६ हजार ५३८.९६ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०