त्रिविको ३५ दिने अल्टिमेटम: क्रिकेट मैदानसहित अतिक्रमित जग्गा खाली गर

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको अतिक्रमित जग्गा खाली गराउन ३५ दिनको अल्टिमेटम दिएको छ। यसअन्तर्गत कीर्तिपुरस्थित क्रिकेट मैदान पनि परेको छ।त्रिविले वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै जग्गा प्रयोग गरिरहेका सबै निकायलाई छुट्टाछुट्टै पत्र पठाएर तोकिएको समयभित्र खाली गर्न निर्देशन दिएको हो। सोही क्रममा नेपाल क्रिकेट संघ (क्यान) लाई पनि पत्र पठाइएको जनाएको छ।

त्रिवि प्रशासनका अनुसार क्यानसँगको सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ र यसपटक सम्झौता नवीकरण गर्ने पक्षमा विश्वविद्यालय नरहेको संकेत गरिएको छ। विश्वविद्यालयका पदाधिकारीहरूले ठूला खेलका कारण अध्ययन–अनुसन्धानमा असर परेको भन्दै मैदान फिर्ता लिनुपर्ने आवश्यकता औंल्याएका छन्।

Advertisement

सामान्य प्रशासन महाशाखाका प्रमुख राजबहादुर राईका अनुसार १८ वटा संघ–संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्राचार गरिएको छ। यो निर्णय त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदनका आधारमा गरिएको हो।

यता क्यानका प्रवक्ता छुम्बी लामाले भने आफूहरूले पत्र नपाएको बताएका छन्। क्यानको बोर्ड बैठकले भने सम्झौता नवीकरणका लागि पहल गर्ने निर्णय गरिसकेको छ।

सरकारले यसअघि त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने गुरुयोजना स्वीकृत गरिसकेको भए पनि अहिले मैदान खाली गराउने निर्णयपछि निर्माण प्रक्रिया अन्योलमा परेको छ।

त्रिविको प्रतिवेदनअनुसार कीर्तिपुर क्षेत्रमा मात्रै करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको उल्लेख गरिएको छ। यसमा संलग्नविरुद्ध कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी को सीआईबी तथा जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०