त्रिविको ३५ दिने अल्टिमेटम: क्रिकेट मैदानसहित अतिक्रमित जग्गा खाली गर

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ ब‌ैशाख, २०८३
६ महिनाअघि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको अतिक्रमित जग्गा खाली गराउन ३५ दिनको अल्टिमेटम दिएको छ। यसअन्तर्गत कीर्तिपुरस्थित क्रिकेट मैदान पनि परेको छ।त्रिविले वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै जग्गा प्रयोग गरिरहेका सबै निकायलाई छुट्टाछुट्टै पत्र पठाएर तोकिएको समयभित्र खाली गर्न निर्देशन दिएको हो। सोही क्रममा नेपाल क्रिकेट संघ (क्यान) लाई पनि पत्र पठाइएको जनाएको छ।

त्रिवि प्रशासनका अनुसार क्यानसँगको सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ र यसपटक सम्झौता नवीकरण गर्ने पक्षमा विश्वविद्यालय नरहेको संकेत गरिएको छ। विश्वविद्यालयका पदाधिकारीहरूले ठूला खेलका कारण अध्ययन–अनुसन्धानमा असर परेको भन्दै मैदान फिर्ता लिनुपर्ने आवश्यकता औंल्याएका छन्।

Advertisement

सामान्य प्रशासन महाशाखाका प्रमुख राजबहादुर राईका अनुसार १८ वटा संघ–संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्राचार गरिएको छ। यो निर्णय त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदनका आधारमा गरिएको हो।

यता क्यानका प्रवक्ता छुम्बी लामाले भने आफूहरूले पत्र नपाएको बताएका छन्। क्यानको बोर्ड बैठकले भने सम्झौता नवीकरणका लागि पहल गर्ने निर्णय गरिसकेको छ।

सरकारले यसअघि त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने गुरुयोजना स्वीकृत गरिसकेको भए पनि अहिले मैदान खाली गराउने निर्णयपछि निर्माण प्रक्रिया अन्योलमा परेको छ।

त्रिविको प्रतिवेदनअनुसार कीर्तिपुर क्षेत्रमा मात्रै करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको उल्लेख गरिएको छ। यसमा संलग्नविरुद्ध कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी को सीआईबी तथा जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०