विकल्पद्वारा चार पत्रकारलाई फेलोसिप हस्तान्तरण

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ९ असोज, २०८२
१० महिनाअघि

विराटनगर । विकल्प एन अल्टरनेटिभले इन्टरनेसनल अलर्टसँग सहकार्यमा ४ जना पत्रकारलाई फेलोसिप हस्तान्तरण गरेको छ ।

आज विराटनगर सम्पन्न फेलोसिप हस्तान्तरण कार्यक्रममा विकल्पले जनही ५० हजारको फेलोसिप ४ जना पत्रकारलाई हस्तान्तरण गरेको हो ।

फेलोसिप प्राप्त गर्ने पत्रकारहरूमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, अन्नपूर्ण पोस्टका किशोर बुढाथोकी र कान्तिपुर दैनिकका पर्वत पोर्तेल रहनु भएको थियो। विकल्पले फेलोसिपका लागि आह्वान गरेको खुला आवेदनको आधारमा ४ जना पत्रकार छनोट भएका थिए ।

फेलोसिप वितरण कार्यक्रममा बोल्दै विकल्पका अध्यक्ष प्रा डा भेषप्रसाद धमलाले पत्रकारहरू समाजमा रहेको विकृति, विसंगतिका विरुद्धका अभियन्ता भएकोले पत्रकार आफ्नो पेशामा सदैव गम्भीर हुनुपर्ने बताएका थिए ।

उनले पत्रकारको कलमप्रति समाज विश्वस्त हुने हुँदा समाजमा सकारात्मकता वा नकारात्मकता विस्तारमा पत्रकारको ठूलो भूमिका हुने धारणा व्यक्त गरेका थिए ।

विकल्पका संस्थापक तथा कार्यकारी निर्देशक वसन्त अधिकारीले विकल्पले विगत १० वर्ष देखि जीविकोपार्जन, स्वतन्त्रता, गरेर खान पाउनु पर्ने अधिकारको लागि काम गर्दै आएको जानकारी दिएका थिए ।

अधिकारीले विकल्पले फेलोसिपको माध्यमबाट थप जिम्मेवार र सशक्त पत्रकारिता गर्न बल पुग्ने आशाको संस्थाले लिएको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले विकल्पले पत्रकारिता क्षेत्रसँग सहकार्य गर्दै श्रमजीवी पत्रकारलाई थप जिम्मेवार र सशक्त बनाउने उद्देश्यले फेलोसिप हस्तान्तरण गरेको भन्दै संस्थाको प्रशंसा गरे ।

खड्काले आगामी दिनमा समेत महासंघले विकल्पसँग सहकार्य गर्दै पत्रकारिता क्षेत्रमा थप काम गर्नेमा आशावादी रहेको बताए ।

फेलोसिप हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष सुशीला पाठक, नेपाल पत्रकार महासंघ कोशी प्रदेश संस्थापक अध्यक्ष विक्रम लुइटेल,पत्रकार महासंघ मोरङ जिल्ला पूर्व अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

विकल्पकी कार्यक्रम संयोजक रानु साहले कार्यक्रमको उद्देश्यबारे र फेलोसिप प्राप्त गर्ने पत्रकारहरूले आफूले गरेको काम बारे प्रस्तुति दिएकी थिइन् ।

प्रकाशित समय: बिहिबार ९ असोज, २०८२, १८:३९:२४
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०