चीनमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन मङ्गलबार (भाेलि) नेपाल फर्किने भएका छन् ।
माओवादीकाे केन्द्रीय समितिकाे बैठक सकिएपछि हलबाट निस्किदै गर्दा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुन स्वदेश फर्कनेबारे जानकारी गराएका हुन् ।
अस्पतालबाट डिस्चार्ज भएर पुन र उनकी श्रीमती पूर्व सभामुख ओनसरी घर्ती भाेलि नेपाल आइपुग्ने प्रचण्ले बताए ।
‘पुन र घर्ती पार्टीका शीर्ष नेताहरू हुनुहुन्छ, वहाँहरू भाेलि नेपाल आइपुग्नुहुन्छ’, प्रचण्डले भने, ‘त्यसपश्चात मात्रै पदाधिकारी चयन हुनेछ ।’
नेकपा माओवादी केन्द्रका महासचिव पदमा पुनसँगै नेपाल सरकारका बहालवाला अर्थमन्त्री जनार्दन शर्माकाे दाबी रहँदै आएको छ ।