नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले देशको विकास गर्ने जिम्मा युवाको काँधमा रहेको बताएका छन् । शुक्रबार नेपाल जेसिजले काठमाडाैँमा आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा थापाले सो कुरा बनाएका हुन् ।
मुलुकको विकासका लागि युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै महामन्त्री थापाले भने, ‘जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन ।’
जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पार्दै महामन्त्री थापाले जेसिजले युवालाई ‘लिबरल डेमोक्रेसी’का बारेमा जानकारी गराउनु जरुरी रहेको बताए ।