कोशी प्रदेशका विद्यार्थीले यसपटक समयमै पुस्तक पाउने

राकेश कर्ण
आईतबार २५ चैत, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले यसपटक समयमै किताब पाउने भएका छन् ।

नयाँ शैक्षिक सत्र सुरु हुुनु अगावै विद्यालयमा पुस्तक पुग्न थालेपछि विद्यार्थीहरुले समयमै पुस्तक पाउने भएका हुन् । विद्यार्थीहरुले विगतमा जस्तो किताब नै नहेरी परीक्षा दिनुपर्ने बाध्यता यसपटक नहुने भएको हो । विगतका वर्षमा शैक्षिक सत्र सकिने बेलासम्म विद्यार्थीहरुले पाठ्यपुस्तक पाउँदैनथे । पाठ्यपुस्तकको मुखै नहेरी परीक्षा दिनुपर्ने बाध्यता विद्यार्थीहरुको थियो । तर, यसपटक त्यस्तो नहुने भएको छ । यसपटक वैशाख २ गतेदेखि सुरु हुन लागेको शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुग्ने भएका छन् । विद्यार्थीले यसपटक हेरेर मात्र होईन, किताब पढेरै आफ्नो वार्षिक परीक्षा दिन पाउने भएका छन् । श्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरुमा समय अगावै पुस्तक पुग्ने जनक शिक्षा सामाग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ । नजिकिँदै गरेको २०८१ सालको शैक्षिक सत्रलाई दृष्टिगत गर्दै यसपटक चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री वितरण सुरु भईसकेको जनक जनक शिक्षा सामाग्री केन्द्र कोशी प्रदेशका प्रमुख भुपराज थापाले बताए ।

कोशी प्रदेशको पहाडी जिल्लाहरुमा यसअघि शैक्षिक सत्र सुरु भएको महिना दिनपछि मात्र पाठ्यपुस्तक पुग्थ्यो । छपाई कम हुँदा र समयमै छपाई नहुँदा जनक शिक्षासँग पनि माग बमोजिमकोे पर्याप्त पुस्तक आईपुग्दैनथ्यो । तर, यसपटक नयाँ शैक्षिक सत्र आउनुभन्दा ३ साताअघि नै कोशी प्रदेशको पूर्वी तराई र विकट पहाडी जिल्लाहरुमा पाठ्यपुस्तक पुगिसकेको छ । हालसम्म कुल १६ लाखमध्ये साढे ७ लाख पुस्तक बिक्री वितरण भईसकेको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । चैत्र मसान्तसम्म जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा माग बमोजिमको पाठ्यपुस्तक पुगिसक्ने केन्द्रको दाबी छ । पुस्तक व्यावसायीहरुले समेत विगतका वर्षहरुको तुलनामा यसपटक पुस्तक पाउन निकै सहज रहेको प्रतिक्रिया दिएका छन् ।

‘पहिलापटक हो समयमै माग अनुसारको किताब पाएको । यसअघिसम्म त जति धाएपनि पाईदैनथ्यो’, धनकुटाका पुस्तक व्यावसायी सोमराज पौडेलले भने, ‘हामीले समयमै पुस्तक पाईसक्यौं । अब विद्यालयमा पनि समयमै पुग्छ ।’

कोशी प्रदेशमा कुल १२२ वटा पुस्तक व्यावसायीहरु जनक शिक्षा सामाग्री केन्द्रमा सुचीकृत छन् । व्यावसायीले पुस्तक लगेर गृह जिल्लाका विद्यालयहरुलाई बिक्री गर्छन् । विद्यालयले भने पुस्तक खरिद गरी कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशूल्क वितरण गर्छ । हालसम्म कोशी प्रदेशको १४ मध्ये १२ वटा जिल्लामा पुस्तक पुगिसकेको छ । विराटनगरको तुलनामा काठमाण्डौंको ढुवानी खर्च सस्तो पर्ने भएकाले सोलुखुम्बु र ओखलढुङ्गामा भने प्रत्येक वर्ष केन्द्रबाटै पुस्तक पठाउने गरिएको छ ।

प्रकाशित समय: आईतबार २५ चैत, २०८०, १४:१०:१२

सम्बन्धित खबर

अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो

शुक्रबार १९ भदौ, २०८३
८ घण्टाअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
१ दिनअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
२ दिनअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
४ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
४ दिनअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०