कोशी प्रदेशका विद्यार्थीले यसपटक समयमै पुस्तक पाउने

राकेश कर्ण
आईतबार २५ चैत, २०८०
१० महिनाअघि

विराटनगर । कोशी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले यसपटक समयमै किताब पाउने भएका छन् ।

नयाँ शैक्षिक सत्र सुरु हुुनु अगावै विद्यालयमा पुस्तक पुग्न थालेपछि विद्यार्थीहरुले समयमै पुस्तक पाउने भएका हुन् । विद्यार्थीहरुले विगतमा जस्तो किताब नै नहेरी परीक्षा दिनुपर्ने बाध्यता यसपटक नहुने भएको हो । विगतका वर्षमा शैक्षिक सत्र सकिने बेलासम्म विद्यार्थीहरुले पाठ्यपुस्तक पाउँदैनथे । पाठ्यपुस्तकको मुखै नहेरी परीक्षा दिनुपर्ने बाध्यता विद्यार्थीहरुको थियो । तर, यसपटक त्यस्तो नहुने भएको छ । यसपटक वैशाख २ गतेदेखि सुरु हुन लागेको शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुग्ने भएका छन् । विद्यार्थीले यसपटक हेरेर मात्र होईन, किताब पढेरै आफ्नो वार्षिक परीक्षा दिन पाउने भएका छन् । श्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरुमा समय अगावै पुस्तक पुग्ने जनक शिक्षा सामाग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ । नजिकिँदै गरेको २०८१ सालको शैक्षिक सत्रलाई दृष्टिगत गर्दै यसपटक चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री वितरण सुरु भईसकेको जनक जनक शिक्षा सामाग्री केन्द्र कोशी प्रदेशका प्रमुख भुपराज थापाले बताए ।

कोशी प्रदेशको पहाडी जिल्लाहरुमा यसअघि शैक्षिक सत्र सुरु भएको महिना दिनपछि मात्र पाठ्यपुस्तक पुग्थ्यो । छपाई कम हुँदा र समयमै छपाई नहुँदा जनक शिक्षासँग पनि माग बमोजिमकोे पर्याप्त पुस्तक आईपुग्दैनथ्यो । तर, यसपटक नयाँ शैक्षिक सत्र आउनुभन्दा ३ साताअघि नै कोशी प्रदेशको पूर्वी तराई र विकट पहाडी जिल्लाहरुमा पाठ्यपुस्तक पुगिसकेको छ । हालसम्म कुल १६ लाखमध्ये साढे ७ लाख पुस्तक बिक्री वितरण भईसकेको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । चैत्र मसान्तसम्म जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा माग बमोजिमको पाठ्यपुस्तक पुगिसक्ने केन्द्रको दाबी छ । पुस्तक व्यावसायीहरुले समेत विगतका वर्षहरुको तुलनामा यसपटक पुस्तक पाउन निकै सहज रहेको प्रतिक्रिया दिएका छन् ।

‘पहिलापटक हो समयमै माग अनुसारको किताब पाएको । यसअघिसम्म त जति धाएपनि पाईदैनथ्यो’, धनकुटाका पुस्तक व्यावसायी सोमराज पौडेलले भने, ‘हामीले समयमै पुस्तक पाईसक्यौं । अब विद्यालयमा पनि समयमै पुग्छ ।’

कोशी प्रदेशमा कुल १२२ वटा पुस्तक व्यावसायीहरु जनक शिक्षा सामाग्री केन्द्रमा सुचीकृत छन् । व्यावसायीले पुस्तक लगेर गृह जिल्लाका विद्यालयहरुलाई बिक्री गर्छन् । विद्यालयले भने पुस्तक खरिद गरी कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशूल्क वितरण गर्छ । हालसम्म कोशी प्रदेशको १४ मध्ये १२ वटा जिल्लामा पुस्तक पुगिसकेको छ । विराटनगरको तुलनामा काठमाण्डौंको ढुवानी खर्च सस्तो पर्ने भएकाले सोलुखुम्बु र ओखलढुङ्गामा भने प्रत्येक वर्ष केन्द्रबाटै पुस्तक पठाउने गरिएको छ ।

प्रकाशित समय: आईतबार २५ चैत, २०८०, १४:१०:१२

सम्बन्धित खबर

हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा

शुक्रबार ११ माघ, २०८१
४ घण्टाअघि

बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार

शुक्रबार ११ माघ, २०८१
७ घण्टाअघि

विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते

शुक्रबार ११ माघ, २०८१
११ घण्टाअघि

पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल

बिहिबार १० माघ, २०८१
१ दिनअघि

हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी

बिहिबार १० माघ, २०८१
१ दिनअघि

नेकपा एस छोडेर कांग्रेसमै फर्किए हंसराज वाग्ले

बिहिबार १० माघ, २०८१
१ दिनअघि
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०